दक्षिण कोरियामा अदृश्य भवन बन्दै (फोटोसहित)

नमस्ते नेपाल कोरिया डट कम 
दक्षिण कोरियाको इन्छनमा  ४५० मिटर उचाईको एक अदृश्य टावर बन्दैछ ।
यो राजधानी सउल बाहिर , इन्छन एयरपोर्ट नजिकै सन् २०१४ मा निर्माण पुरा गरेपछी 'टावर इन्फिनिटी' विश्वको तेस्रो सबैभन्दा अग्लो भवन हुनेछ ।  यो भवन अन्य भवनभन्दा यसकारण फरक छ की यो भवन अदृश्य भवन हो । अमेरिकी आर्किटेक्टर फर्म जीडीएस आर्किटेक्टरले यो भवन कोरिया ल्याण्ड एण्ड हासजिङ कर्पोरेशनको मद्धतले बनाइरहेको छ ।
भवनलाई अदृश्य बनाउनका लागी फरक खालको शिसाको प्रयोग गरिने छ, जसले वरपर कुनै भवन भएको नै थाहा हुने छैन् । यस्तै, उक्त भवनमा एलइडी लाइट र क्यामराहरू प्रयोग गरेर उक्त भवनलाई अदृश्य गर्ने तयारी गरिएको छ ।

टावर इन्फिनिटीको बाहिरी सतहमा रियल टाइम इमेज देखाइनेछ । भवनलाई तीन वटा भागमा छुट्टयाइने छ । हरेक भागमा एलइडी लाइट प्रयोग गरिनेछ, ती सबै लाइट बालेपछी उक्त भवन अदृश्य हुनेछ ।
फर्मका डिजाइनर चार्ल्स वीले आफूहरूले दक्षिण कोरियालाई निकै इनोभेटिभ टेक्नोलोजीको देश भनेर चिनाउन चाहेको बताएका छन् ।


0 comments

Write Down Your Responses

-->