कोरियन भाषा परीक्षाको लागि चार सहरबाट आवेदन दिन पाइने
कोरियन भाषा परीक्षामा सामेल हुन राजधानीबाहेक धरान, बुटवल र पोखराबाट समेत आवेदन फारम बुझाउन पाइने व्यवस्था गरिएको छ। देशभरका युवा फारम बुझाउन काठमाडौंसम्म धाउनु नपरोस् भनेर बाहिरबाट समेत फारम बुझ्ने व्यवस्था गरिएको ईपीएस शाखाले जानकारी दिएको छ।
राजधानीबाहिरबाट समेत आवेदन दिन सकिने भएपछि आवेदकले आफूलाई पायक पर्ने ठाउँमा जान सक्नेछन्। गतवर्ष काठमाडौंबाहेक धरान र बुटवलबाट आवेदन दिन सक्ने व्यवस्था गरिएकामा यस पटक पोखरा पनि थपिएको हो। भाषा परीक्षाका लागि आगामी साउन २८ देखि ३१ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
- अन्नपुर्ण पोस्ट

0 comments
Write Down Your Responses