म्याग्दी रनिङ कपको तयारी अन्तिम चरणमा
नमस्ते नेपाल कोरिया संवाददाता
दक्षिण कोरियाको पुरानो र लोकप्रिय सस्था म्याग्दी समाज दक्षिण कोरियाले बिगतका बर्षहरुमा झैं यस बर्ष पनि प्रतिस्पर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कप आयोजना को लागि सम्पुर्ण तयारी तीब्र पारेको छ।
सस्थाका अध्यक्ष मुक्त के सि ले हल ब्यबस्थापन चिट्ठा बिक्रि बितरण,खेलाडी छनोट,स्वयंसेवक समिती गठन लगायतका कामहरु अन्तिम चरण्मा पुगेको र टाइसिट जुन 1 मा हुने जानकारी दिनुभयो ।त्यसै गरि खेलाडीहरु पनि दैनिक तयारी मा रहेको र यसपटक सानदार खेल प्रदर्सन हुनेमा आफू ढुक्क रहेको खेलकुद सयोजक तथा खेलाडी गङगराज बानियाँले बताउनुभयो।उपयुक्त कार्यक्रम आगामी महिना को ८ तारिक माङओलसा स्थित सिनयोङ कलेज मा हुने र सम्पुर्ण कोरिया मा रहनु भयका प्रवासी नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाई उत्साह पुर्वक सहभागी भइ सोभा बढाइदिनु हुन आग्रह समेत गरियको छ।कार्यक्रमा परम्परागत रिङ खेल पनि खेल्न सकिनेछ साथै महिला भलिबल प्रतियोगिता नृत्य पनि प्रदर्सन गरिनेछन् ।नेपाल खाजा को परिकार पनि उपलब्ध गराइनेछ।
0 comments
Write Down Your Responses