बाह्य दबाव र प्रभावबाट मुक्त हुन राजनीतिक दलहरुलाई नेपाल कम्युनिष्ट पार्टीको आग्रह


ऐश्वर्य श्रेष्ठ,
काठमाडौं,जेठ ३ । भारतीय जनता पार्टी (बीजेपी)ले बहुमत हासिल गरेको नेपाल कम्युनिष्ट पार्टीले दाबी गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका सह अध्यक्ष  लोकनारायण सुवेदीद्धारा जारी विज्ञप्तिमा समग्रमा धर्मनिरपेक्ष, लोकतान्त्रिक र परिवर्तनकामी शक्ति पराजित भएको जनाइएको छ ।  बीजेपीको जितले जनताप्रति गम्भीरतापूर्व समर्पित भएर लाग्न र उनीहरुलाई बस्तुगत तथा बिश्वसनीय बिकल्प दिन अग्रसर हुनुपर्ने  शिक्षा  विज्ञप्तिमा उल्लेख छ । सुवेदीद्धारा जारी विज्ञप्तिमा भनिएको छ "भारतको लोकसभाको यस प्रकारको निर्वाचन परिणामलाई नेपालमा प्रतिगामी दिशातर्फ अग्रसर हुने आधार मिलेको भन्ने खालको जुन चर्चा चलाईदैछ यो वास्तवमा परिवर्तनका पक्षधर शक्तिहरुको अकर्मण्यता, संकीर्णता र निहीत स्वार्थपरक राजनीतिको कारणले उत्पन्न भएको अस्वीकार्य स्थितिको उपज हो । नेपाली जनताले जीबनको बाजी लगाएर ल्याएको परिवर्तनलाई सही दिशा र गति दिन नसक्दा यस्तो स्थिति उत्पन्न हुने गर्दै आएको हाम्रो राष्ट्रिय राजनीतिको इतिहास रहेको छ ।" साथैं   नेपाल कम्युनिष्ट पाटीले बाह्य दबाव र प्रभावबाट मुक्त हुन राजनीतिक दलहरुलाई नेपाली जनताको मात्र भरपर्न आग्रह समेत गरेको छ ।




0 comments

Write Down Your Responses

-->