दक्षिण कोरियाली फोटो पत्रकारको नेपाल मोह
देवेन्द्र सम्बाहाम्फे - सउल ,दक्षिण कोरिया
"चालीस हजार तस्बिर नेपाल फर्काउछु" कोरियाली फोटो पत्रकार भन्छन्
छो जीन सु दक्षिण कोरियाका स्थापित फोटो पत्रकार हुन् । उनि कुनै प्रकाशन गृहमा आबद्ध छैनन् । फोटोग्राफी उनको ब्यबसाय पनि होइन तर उनी बिगत २१ बर्षदेखि लाखौं रुपैयां खर्च गरेर फेटो खिच्न नेपाल भने गइरहेका छन् । शुरुमा उनले कोरियाका बिभिन्न पहाडमा पुगेर फोटो खिच्न शुरु गरेका हुन् । किम्पो नगरपालिकाका स्थायी बासिन्दा छोको नेपाल प्रेम प्रगाढ छ । उनि भन्छन – ‘शायद पूर्व जन्ममा म नेपाली थिए“ । ’
छो सन् १९९३ मा सबैभन्दा पहिला डोल्पा पुगेको थिए । त्यहांको डोल्पो संस्कृतिले उनलाई गहिरो छाप पारेको छ । उनी नेपालको यात्रा दोहोर्याउन परे डोल्पा अझै पुग्न चाहान्छन् । कंचनजंघा,मकालु,खुम्बु,रोवाल्वीङ हुदै लम्जुङ, मुस्ताङ, धौलागीरी र सुदूरपश्चिमको सैपाल हिमालसम्मका हिमश्रृखलाहरुको तस्बिर क्यामेरामा कैद गरेका छन् । उनले मेची–महाकालीको बिचमा पर्ने अनेक हिमश्रृंखला, छिडी भन्ज्याङमा पैदल यात्रा गरेर नेपाली जनजीवनलाई बुझेका छन् । अझै दश बर्षसम्म नेपाल यात्रा गर्ने छोको योजना छ । नेपाली कला संस्कृतिपे्रमी भएकैले आफ्नो घरमा नेपाली गरगहना र टुङना, सारङी,मादल सजाएका छन् ।
नेपालको भौतिक पूर्वाधारको विकास संगै प्राकृतिक सम्पदाको दोहन भइरहेकोमा उनी चिन्तित छन् । ‘विकास संगै प्राकृतिक सुन्दरताको बिनास हुदै गएको छ, यसलाई सरकारले जोगाउनुपर्छ ।’ उनि थप्छन्– ‘विकास अनिबार्य छ तर बिकास गर्दा भावी पुस्ताका लागि प्राकृतिक सुन्दरताको संरÔण्ँ पनि हुनुपर्छ, यो बिÈयमा नेपाल सरकारको ध्यान नगएकाले मैले क्यामरामा कैद गर्ने अभियान शुरु गरेको हुं ।’
खुम्बु हिमशृंखलाहरुको मेरा ला, ताङनाग, गोक्यो, छुकुङ, ताङबोचे, कालापत्थर, थामे, नाम्चे बजार लगायतका Ôेत्रका तस्बिरहरुको संग्रह ‘इन्टु द बोसोम अफ गडेस मदर’ छोले प्रकाशित गरेका छन् । सोल, काठमान्डौ र पोखरामा तस्बिर प्रदर्शनी पनि गरेका छन् । सूदूरपश्चिममा खिचिएको तस्बिरहरुको अर्को संग्रह यसै बर्ष निकाल्ने तयारीमा छन् । छोले बिगत एघार बर्Èदेखि नेपाली प्रकृतिको वर्णन र यात्रा बिबरण्ँ यहा“को छोसन इल्बो, वलगान सान, एसियाना जस्ता म्यागाजीनमा प्रत्येक महिना प्रकाशन गर्दै आएका छन् । उनको यो प्रयासले कोरियामा नेपाली प्रकृति, जनजीवन र पर्यटनप्रति चासो बढाउने काम गरिरहेको छ ।
एक पटक नेपाल यात्रा गर्दा २० लाख देखि ५० लाख रुपैया“सम्म खर्च गर्छन् । यतिका खर्च गरेर हालसम्म उनले एक लाखभन्दा बढी तस्बिर खिची सकेका छन् । यी मध्ये चालीस हजार अत्यन्त उच्च कोटीको रहेका छन् । उनी यी सबै तस्बिर नेपाल फर्काउन चाहन्छन् । उनले भने ‘नेपाल सरकारले जग्गा उपलब्ध गराए आङ्खनै लगानीमा ग्यालरी भवन निर्माण्ँ गरेर मसंग भएका तस्बिर र भिडियो नेपाललाई फर्काउन्छु ।’ ग्यालरी स्थापना भए स्वदेशी तथा बिदेशी पर्यटकका लागि आकर्Èक गन्तब्य हुने उनको बुझाई छ ।
उनको सकृयतामा किम्पोमा कोरिया–नेपाल एसोसिएसना स्थापना भएको छ । यसमा किम्पो Ôेत्रका नेपाल प्रेमी उधोगपति,कर्मचारी र सामाजिक कार्यकर्ताहरु आवद्ध छन् । उनीहरुको सहयोगमा पोखरा धिताल गाउ“मा बिद्यालय र स्वास्थ्य चौकी स्थापना गरिएको छ । अर्को चरण्ँको बिद्यालय निर्माण्ँका लागि एसोसिएसनले स्थान सर्भेÔण्ँ गरिरहेको पनि उनले खुलाए ।

0 comments
Write Down Your Responses