कोरियासंग नेपालको हितमा बार्ता हुने

देवेन्द्र सम्बाहाम्फे - सउल ,दक्षिण  कोरिया  

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले दक्षिण कोरियासंग नेपालको हित हुने बिभिन्न बिषयमा वार्ता हुने  बताएका छन् । दुई देशबिच कुटनीतिक सम्बन्ध स्थापना भएको चालीस बर्ष पुगेको अवसरमा  २ दिने औपचारिक भ्रमणका लागि मे १२ मा कोरिया आउन लागेका पाण्डेले कोरियासंग प्राचीन सम्बन्ध रहेको बताउदै आपसी हितका बिबिध बिषयमा वार्ता गर्ने जनाए ।

दुई देशबिचको कुटनीतिक सम्बन्धको समीक्षा हुने र भविष्यमा आपसी सम्बन्ध कसरी घनिष्ट बनाउन सकिन्छ भन्नेबारे पनि छलफल हुने मन्त्री पाण्डे बताए । ‘कोरियाली परराष्ट्र मन्त्रीबाट आएको इनभाइटेशनलाई सकरात्मक लिएको छु’, मन्त्री पाण्डेले फोनमा भने ‘कोरियासंग ब्यापार पर्यटन, कृषि, उद्योग, संचर तथा  बिज्ञान प्रविधि, नेपाली  श्रम बजारबारेमा वार्ता हुन्छ ।’ उनलाई यहांका परराष्ट्र युन ब्यङ सेले मन्त्री पाण्डेलाई दुई दिने औपचारिक भ्रमणका लागि  निमन्त्रणा  पत्र पठाईसकेका छन् । मन्त्री पाण्डेको कोरिया दोश्रो बिदेश भ्रमण हो ।

सोलस्थित नेपाली दूतावासको आयोजनामा नेपालको तर्फबाट पहिलो पटक उच्चस्तरीय हुन लागेको हो । भ्रमणका क्रममा मन्त्री  पाण्डेले मे १४ मा  आफ्ना  समकक्षी कोरियाली परराष्ट्र मन्त्री युन ब्यङ सेले आयोजना गरेको  द्धीपक्षीय  बैठकमा सहभागि हुने छन्  ।  १५  तारिख  सांझ दुई देशबिच  कुटनीतिक सम्बन्ध स्थापना भएको ४० औं बर्ष गांठको उदघाटन  गर्ने कार्यक्रम  रहेको छ ।

त्यसैगरी   उच्चस्तरीय भ्रमणलाई  तयारी तीब्र  भइरहेको सोलस्थित  नेपाली दूतावासले जनाएको छ ।   कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाका अनुसार  भ्रमणलाई ऐतिहासिक र परिणाममुखी बनाउन  ब्यबस्थापनमा बिशेष ध्यान दिइएको बताए ।

यसै क्रममा राजदूत लामाले यहाँका मन्त्री, सांसद, बिभिन्न मन्त्रालयका अधिकारीहरुका साथै उद्योगपतिहरुसंग भेटेर परामर्श गरेका छन् । यस अघि दुई देशका सहसचिव स्तरीय संयन्त्र समितिको बैठक सम्पन्न भइसकेको छ ।

भ्रमणको सहआयोजकमा कोरियाका बिभिन्न मन्त्रालयहरुका साथै नेपाल पर्यटन बोर्ड,टान,नेपाल पर्वतारोहण संघ,ओइसी,डालिम, के–वाटर, कोसेप, लगायत दर्जनौ ठूला उद्योगहरु रहेका छन् ।

दुई देशबिच पहिलोपटक हुन लागेको उच्चस्तरीय भ्रमणको पहिलो दिन के–वाटरको सभाहलमा उद्घाटन समारोह हुने कार्यक्रम तय गरिएको छ । उद्घाटन सत्रमा दुवै देशका परराष्ट्र मन्त्री, सांसद र उद्योग,बाण्ज्यि,कृषि पर्यटन,बिज्ञान,प्रविधि,सूचना तथा संचार क्षेत्रका विज्ञहरुसहित करिब एक हजार प्रतिनीधिहरु सहभागी हुने छन् ।

नेपाल र कोरियाबिच कुटनीतिक सम्बन्ध स्थापना भएको लामो समय भइसके पनि औपचारिक रुपमा यस अघि परराष्ट्र सहायक मन्त्रीस्तरमा मात्र भ्रमण भएको छ । परराष्ट्र मन्त्रीस्तरीय भ्रमण पश्चात  प्रधानमन्त्री र राष्ट्रपतिस्तरको भ्रमणको बाटो खुल्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।




0 comments

Write Down Your Responses

-->