हेल्प नेपाललाई परदेशी लाईफ डट कम द्वारा रु ५०हजार हस्तान्तरण
यम श्रेष्ठ, काठमाण्डौ ।
परोपकारी अभियानमा विभिन्न काम गर्दै आएको हेल्प नेपाल नेटवर्कलाई परदेशी लाईफ डटकमको तर्फबाट रु ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । हेल्प नेपाल नेटवर्क अध्यक्ष अरुण बस्नेतलाई काठमाण्डौको कार्यलयमा परदेशी लाईफ डट कमका प्रधान सम्पादक खेम कार्कीले हस्तान्तरण गर्नुभएको हो । परदेशी लाईफ डट कमले यस अघि कोरियामा चिठ्ठा कार्यक्रम मार्फत नेपाली करीब २ लाख रकम हेल्प नेपाललाई हस्तान्तरण गरेको थियो ।
रौतहटको जुडिबेला स्थित नि.मा.वि.असन्वामा ईलाईब्रेरी स्थापनार्थ सो सहयोग गरिएको हो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष खेम कार्कीले आफू अध्यक्ष भएको बेला हेल्प नेपालको परोपकारी अभियान गरी कोरियामा १० लाख रुपैंया संकलन गरेको जानकारी दिदैं कोरियाको हेल्प नेपाल च्याप्टरले निरन्तर सहयोग गरिरहेको बताएका छन । कोरिया च्याप्टरको सदस्य रहिसकेका कार्कीले आगामी दिनमा हेल्प नेपाल नेटवर्कलाई सहयोग जारी राख्ने भन्दै ईलाईब्रेरी अभियानमा देश विदेशका नेपालीले सहयोग गर्ने बचनवद्धता गरेको पनि जानकारी गराएका छन ।
हेल्प नेपाल नेटवर्कका अध्यक्ष बस्नेत परदेशी लाईफ डटले गरेको यो सहयोगमा खुसी व्यक्त गद्र्रै देश विदेशको नेपालीहरुको सहयोगमा हेल्प नेपाल संस्था परोपकारी अभियानमा अगाडि बढिरहेको बताउनुभयो । सो हस्तान्तरण कार्यक्रममा कोरियाबाट फर्केर संगठित रुपमा कार्य गरिरहेका नेपाल योंगस्टार ग्रुपका सदस्यहरुको उपस्थिती रहेको थियो ।

0 comments
Write Down Your Responses