कोरियामा नेपाली चेलीको ' कर्मघरमा एक चक्कर' बिमोचन ( फोटो फिचर सहित )
निश्चल काउचा -सउल,दक्षिण कोरिया
पछिल्लो चरणमा नेपाली युवाहरु माझ आकर्षक गन्तब्यको रुपका परिचित दक्षिण कोरियामा कोरियन नागरिकसंग बिबाह गरेर आएका प्राय नेपाली चेलीहरुले दु;ख पाएको घटना सुन्दै र देख्दै आएका थियौ । गत आईतबार भने छुट्टै माहोल साथ सिओल स्थित नेपाल हाउसमा कोरियन कवि तथा पत्रकार कीम ह्यङ ह्योसंग बिबाह बन्धनमा बाधिएकी नेपाली चेली मञ्जु गुरुङको संस्मरण पुस्तक ' कर्मघरमा एक चक्कर ' बिमोचन हुदै थियो ।
कार्यक्रमको सुरुवात नेपाली सहिद र कोरियामा भएको पानीजहाज दुर्घटनामा ज्यान गुमाएका प्रति एक मिनेट मौन धारण पनि गरिएको थियो । स्मरण रहोस गत अप्रिल १६ तारिखमा सिवल नामक पानीजहाज ४ सय ७६ जना यात्रु बोकेर इन्छनबाट छेजुदोको लागि छुटेको पानीजहाज जिन्डो नजिक समुन्द्री क्षेत्रमा दुर्घटना भएको थियो । दुर्घटना भएको पानीजहाजको भग्नावशेषबाट अहिलेसम्म १८७ जनाको शव निकालिएको छ भने अझै ११५ जना हराईरहेका छन् बाकि यात्रुको सकुशक उद्दार गरिएको थियो ।
कोरियाका लागि नेपाली राजदुत कमानसिह लामाबाट पुस्तक बिमोचन गरिएको थियो । उक्त अबसरमा आफ्नो भनाई राख्ने क्रममा लामाले विदेशमा पनि नेपाली चेलीको पुस्तक बिमोचन गर्न पाउदा गर्ब लागेको सुनाए ।
लेखिकाले आफ्ना श्रीमानको हौसला र प्रेरणाबाट यो कृति जन्मिएको र कोरियामा नेपाली चेलीहरुले दु;ख मात्र होईन सुख पनि पाएका छन् भन्ने संदेश दिन खोजेकी छु र नेपालबाट कोरिया आउनेहरुको निम्ति कोरियाको रहन सहन , कला सस्कृतिको बारेमा जान्न यो पुस्तकले महत्वपुर्ण भूमिका खेल्न सक्छ भन्ने उदेश्यले यो पुस्तक लेखिए धारणा राखिन ।
कोरियन चित्रकार दु सियोङ यस्ता कार्यक्रमले नेपाल र कोरिया बिच सेतुको काम गर्ने बताए ।
उक्त कार्यक्रममा कोरियन कविहरु किम ईल हो ,किम खोस ,बुन छाङ खिल , कीम ह्यङ ह्यो ,पत्रकार महासंघ अध्यक्ष अशोक मैनाली , ओमन फर ओमनकी सस्थापक जुनु गुरुङ , आदिबासी जनजाति महासंघका भक्त शेरचन , एन. आर. एनका महासचिव प्रकाश धमला , नेपाली साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष प्रबिण राई , अन्तराष्ट्रिय साहित्य समाज कोरियाका अध्यक्ष कमल प्रसाद अर्यालले आफ्ना -आफ्ना धारणा राखेका थिए . कार्यक्रम संचालन कमला केसीले गरेकी थिईन ।

0 comments
Write Down Your Responses