कोरियाबाट यो बर्ष ४ हजार नेपालीहरु फर्कनुपर्ने

७ वैशाख, काठमाडौ । रोजगार अनुमति प्रणाली(ईपीएस) मार्फत दक्षिण कोरिया पुगेका कामदारमध्ये यो वर्ष करिब ४ हजार युवा नेपाल फर्कनुपर्ने भएको छ । ईपीएसको नियमावलीअनुसार ४ हजार कामदारको श्रम सम्झौता अवधि सकिने भएकोले उनीहरु फर्कनुपर्ने भएको हो ।

ईपीएसअन्तर्गत कोरिया पुगेका युवामध्ये सन् २०१४ भित्र ४ हजारको अवधि सकिने भएकोले फर्कनुपर्ने देखिएको ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराज बाँस्तोलाले बताए।  ‘यी कामदार नफर्के नेपाललार्इ प्राथमिकता राखेर दिँदै आएको कोटा घट्न सक्छ उनले भने । कोरियामा इपीएसमार्फत २१ हजार कामदार पुगेका छन् । यो वर्ष ५ हजार ७ सय थप जाँदैछन् । अबैध नेपाली कामदार नफर्के कोटा घट्न सक्ने भएकाले प्रचारप्रसारसमेत गर्ने काम भइरहेको प्रमुख बाँस्तोलाले बताए ।

‘बैधानिक ढुंगवाट फर्केका कामदारलार्इ पुन: कोरिया जान बाटो खुला नै छ । उनीहरूले भाषा परिक्षाका लागि धेरै कुर्नुपर्दैन,उनले भने,’प्रत्येक ३-३ महिनामा कम्प्युटरमा आधारित परीक्षा सीबीटी भइरहेको छ । उनीहरू भाषामा दक्ष र काममा अनुभवी भएकाले कोरियाका रोजगारदाताले प्राथमिकता दिएका छन् ।’

७ सय ५३ नेपाली कामदार अबैध ढंगले बसेको भन्दै कोरियाको मानव संशाधन विकास एचआरडीले उनीहरूलार्इ छिटो फर्काउन आग्रह गर्दै आएको छ । अबैध कामदार शून्य पारेर थप कोटा बढाउने प्रयासमा सरकार छ ।
                                                                                     
-  साभार : अनलाईन खबर

0 comments

Write Down Your Responses

-->