आमाको भक्तिमा
-कमलप्रसाद अर्याल- |
सृष्टि स्वरूप हौ आमा जननी ममता धनी
सृष्टि स्वरूप हौ आमा जननी ममता धनीगर्छु पुकार हे माता तिम्रै रक्षा रहोस् भनी l
बढे हुर्के पनि कैल्यै तिम्रै सामीप्यता मुनि
बसेर सकिन मैले सेवा गर्न कुनै पनि l
जन्माई दुखका साथ रक्षा मेरो गरिरहयौ
चुसाई दूधका धारा ,मेरै निम्ति लडिरयौ l
आज प्रवासमा तिम्रै सम्झना मात्र साथ छ
आमा भनी पुकार्दै छु गाथमा न आराम छ l
आमा!आमा!पुकारेर नानाथरी पनि भन्यो
औषधि ख्वाउन सक्ने न त प्रारब्ध नै बन्यो l
श्रद्दा सम्मान है आमा !तिम्रै निम्ति प्रवासमा
मुक्ति तुष्टि र ऐश्वर्य साथ फिर्ने छ आशमा l
सम्मानसाथ अर्पन्छुश्रद्दा आस्था र भक्तिले
रक्षा तिम्रो सधै नै होस् कृपा राखून् ती ईशले l l
कमलप्रसाद अर्याल ,दक्षिण कोरिया
0 comments
Write Down Your Responses