कास्की परिवार कोरियाको बृहत भेला यसरी सम्पन्न

अमृत बास्तोला
२५ जुलाई २०१८ कोरिया ।
कास्की  परिवार दक्षिण कोरिया को बृहत भेला तथा बिदाई गत जुलाई २२ तारिख नेपाल हाउसमा सम्पन्न  भएको छ।सउल स्थित नेपाल हाउस मा भएको बृहत भेलामा उल्लेख्य मात्रा मा कस्केली दाजुभाइ दिदीबहिनीको उपस्थिति रहेको थियो। भेलामा विविध समसामयिक बिषय तथा भाबी कार्ययोजनाको बारेमा सहभागीहरुले आ-आफ्नो धारणा राख्नु भएको थियो।सस्था का वरिष्ठ सल्लाहकार खोम गुरुङ्ग सल्लाहकार हरु नबिन गुरुङ ,गुप्त गुरुङ, सुरज गुरुङ्ग, रीतु श्रेष्ठ कृष्ण पुरी,बालकृष्ण त्रिपाठी,चुडामणि अधिकारी, दल गुरुङ साथमा लक्ष्मी शेरचन बिद्यार्थी प्रतिनिधि प्रदिप अधिकारी सन्तोष तिमिल्सिना लगाएत का ब्यक्ती हरुले अ आफ्ना धारणा तथा प्रस्ताव हरु राख्नु भएको थियो।भेला मा सहभागी हरुका प्रस्ताव तथा सुझाव हरुमाथी छलफल गर्दै महत्त्वपूर्ण निर्णय हरु गरिएको छ।    विशेष गरि हालको कार्यसमितिका धेरै पदाधिकारी हरु आफ्नो कोरिया बसाइ सम्पन्न भै स्वदेश फिर्ता हुनु भएको छ। धेरै पद हरु रिक्त अवस्था मा रहेको सन्दर्भ लाई मध्यनजर गर्दै गरिएको छलफल ले महत्त्वपूर्ण निर्णय लिएको छ ।हालको कार्यसमिति को कार्याबधी धेरै समय बाकी नरहेको हुदा पद पुर्ती गर्नु भन्दा अधिबेशन मार्फत नया कार्यसमितिको चयन गर्दा उपयुुक्त हुने निर्णय गर्दै आउदो छुसक सेप्टेम्बर २५  तारिक को दिन मा अधिबेशन गर्ने निर्णय   पारित गरेको छ। आगामी दिनमा कास्कीको बृहत हित र बिकासको लागी कोरियाको बिभिन्न क्षेत्रमा रहेका  सबै कास्केली बीच एकता मित्रता कायम गर्दै रचनात्मक कार्य हरुमा अगाडि बढिने योजना हरु रहेको हुदा सम्पूर्ण कास्केली हरुलाई समेटिनु हुन कास्की परिवार समितिले हार्दिक अनुरोध गरेको छ  । यसै गरि अघिल्लो बर्ष जस्तै यो बर्ष पनि महिला हरुको पर्व हरितालिका तीजको अवसर पारेर कास्केली दिदिबहिनी हरुलाइ दर खुलाउने कार्यक्रम राखिने  भएको छ।तीज को दर खाने कार्यक्रम सेप्टेम्बर १ तारिख सनिवार साँझ आयोजना  गर्ने निर्णय गरियो।
 अमृत प्रसाद बास्तोला द्वारा संचालन सो कार्यक्रममा  सस्था को प्रगति बिबरण अध्यक्ष दिल जलारि पासा ले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष राजगोपाल सापकोटा ले राख्नु भएको थियो।कार्यक्रम कै क्रम मा आफ्नो कार्याबधि सम्पन्न भै स्वदेश प्रस्थान गर्न लाग्नु भएका कास्की परिवार का सल्लाहकार बालकृष्ण त्रिपाठी, उपाध्यक्ष गोबिन्द बराल तथा कोषाध्यक्ष राज गोपाल सापकोटा लाइ बिदाइ पनि गरिएको थियो ।सस्था को तर्फ बाट अध्यक्ष दिल जलारी पासा ले सम्मान पत्र तथा दोस्ल्ला ओडाएर बिधाइ सम्मान गर्नु भएको थियो।
  अध्यक्ष पाशा ले कार्यक्रम कै क्रम मा जुलाइ 29 तारिक मा सम्पन्न हुन गइरहेको प्रथम नेपाल कप भलिबल तथा प्रथम कन्काइ कप फूटबल खेल मा कास्की परिवार ले पनि भाग लिने जानकारी गराउदै,कोरियामा संचालन हुने नेपाली भलिबल तथा फूटबल खेल मा कास्की को दवदवा रहेको बिगत लाई स्मरण  गर्दै कास्की का खेलाडी साथिहरुलाइ जीत को अग्रिम शुभकामना दिनु भयो।साथै समस्थ कस्केली दाजुभाइ दिदिबहिनी हरुलाइ खेलमैदान मा उपस्थित भै खेलाडी हरुलाई हौसला प्रदान गरिदिनु हुन आग्रह गर्नु भयो।
  कार्यक्रम कै क्रम मा हाल कोरिया मा आउनु भएको गैरआवासीय नेपाली संघ हङकङ का अध्यक्ष सफल व्यवसायी कस्केली चेली टिका गुरुङ्ग ज्यु लाई पनि स्वागत तथा सम्मान गरिएको थियो।स्वागत पछि आफ्ना बिचार राख्दै अध्यक्ष टीका गुरुङ्ग ज्युले कास्की परिवार ले गरेको यो सम्मान ले आफुमा थप हौसला मिलेको र आउदा दिनहरुमा कास्की परिवार सङ सहकार्य गरि अगाडि बढन को लागि उत्साह मिलेको जानकारी गराउनु भएको थियो।
 आउदा दिनहरुमा पनि सबै कास्की बासी अझै एकत्रित हुदै यस्तै सहयोगको अपेक्षा राख्दै बृहत भेला सम्मान तथा बिदाइ कार्यक्रम मा उपस्थित भइ कार्यक्रम को गरिमा बढाउनुहुने सबैलाई धन्यवाद दिनुहुदै अध्यक्ष दिल जलारी पाशा ज्यु ले कार्यक्रमको समापन गर्नु भएको थियो।



,

0 comments

Write Down Your Responses

-->