कास्की परिवार द्वारा हरितालिका तिज कार्यक्रम सम्पन्न [फोटो फिचर सहित ]


हरितालिका तिज कार्यक्रम सम्पन्न सगै नेपथ्य लाइभ कन्सर्टको तयारी ll १६ ,अगस्त २०१७ , द.कोरिया llकृष्ण पुरी -"संगठित समुह नै प्रदेशको सहारा हो" भन्ने मुल नाराका साथ यस प्रवासी भूमी द.कोरियामा सामाजिक,साँस्कृतिक तथा खेलकुदको क्षेत्रमा अग्र पंक्तिमा सक्रिय संस्था कास्की परिवारद्वारा हरितालिका तीज बिशेष कार्यक्रम गत १३ अगस्त आईतबार दोंदेमुंन पुजा रेस्टुरेन्टमा सफलताका साथ सम्पन्न भएको छ l
छोटो समयको तयारीमा कास्केली चेलीबेटीहरुलाई सम्मान स्वरूप दर खुवाई एक आपसमा सद्भावना बढाउन र मनोरंजन दिलाउनको लागी आयोजना गरिएको सो कार्यक्रममा एनआरएन उपाध्यक्ष लक्ष्मी गुरुङ ,एनआरएन सदस्य बुद्धि गुरुङ ,एनसीसी अध्यक्ष अन्जु केसी ,वुमन फर वुमनका प्रतिनिधिहरु लगाएत बिभिन्न अन्य सघ सस्थाका महानुभावहरुको उपस्थितिमा तीजका सुमधुर गीतहरुको साथमा गीत गायनका साथै नृत्यहरु प्रस्तुत भएको थियो l
कार्यक्रम समापनमा बोल्दै कास्की परीवारका अध्यक्ष दिल जलारी पासाले सो निमन्त्रणा लाई स्वीकार गर्दै पाल्नु भई कार्यक्रमको शोभा बढाई दिनु हुने सम्पुर्ण चेलीबेटि हरुलाई धन्यवाद व्यक्त गर्दै उक्त कार्यक्रममा दिदिबहिनी- चेलीबेटीहरुलाई दर खुवाउन सहयोग पुर्याउनु हुने सम्पुर्ण कास्केली दाजुभाइ हरुमा पनि हृदय देखि नै आभार प्रकट गर्नुभएको थियो l कार्यक्रम सस्थाका सचिब अमृत प्रसाद बास्तोलाको संचालनमा आगाडी बढेको थियो l
यसै बिच कास्की परिवार दक्षिण कोरियाले आगामी अक्टोबर ४ तारिख छुसकको अवसर पारेर आयोजना गर्न लागेको "माछापुच्छ्रे साङ्गितिक सौगात भाग -३ "नेपथ्य लाइभ कन्सर्ट" लाई भब्य रुपमा सफल बनाउनको लागि मुल आयोजक कमिटि तथा विभिन्न उपसमिति हरुका संयोजक हरु पनि सोहि अवसरमा बिषेश छलफल सहित भेलामा चयन गरिएको छ। जस अन्तर्गत मूल आयोजक समिति सयोजक -खोम प्रसाद गुरुङ ,कार्यक्रम ब्यबस्थापक नबिन गुरुङ ,आर्थिक सयोजक -राज गोपाल सापकोटा ,प्रचार प्रसार सयोजक -कृष्ण पुरी, संचार तथा प्राबिधिक सयोजक -सुरज गुरुङ ,विभिन्न संघ सस्था समन्वय तर्फ चुडामणि अधिकारी ,बालकृष्ण त्रिपाठी लाई चयन गरीएको छ lअन्य समिति बिभाग ,सयोजक तथा क्षेत्र प्रतिनिधि ,सदस्यहरु आगामी चरणको बैठकमा पुन गठन थप गरिने छ l कास्की क्षेत्रमा बिशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने उदेश्यले सो कार्यक्रम आयोजना गर्न लागीएको हुदा परीवार सग आबद्ध भएर सस्थामा हातेमालो गर्दै कार्यक्रमलाई कोरियामा एक नमुनाको रुपमा भव्यताका साथ सफल पार्नको लागी सम्पूर्ण कास्केली दाजुभाई तथा दिदीबहिनीहरुलाई उल्लेखनीय भूमिका निर्बाहको निम्ति हार्दिक अनुरोध गरीएको छ l कार्यक्रम गर्ने बारेमा कोरियामा औपचारिक घोषणा भने आउदो आईतबार अगस्त २७ मा एनसीसी कोरिया द्वारा आयोजना गरिने "साँस्कृतिक कार्यक्रम बाडफाड भेला" मा कार्यक्रम स्वीकृत गरी प्रचारप्रसारमा तिब्रताका साथ अगाडि बढिने कास्की परीवारले सुचित गरेको छ l
कोरियाको विभिन्न क्षेत्रमा छरिएर विभिन्न पेशामा आवद्ध रहनुभएका सम्पूर्ण कस्केली बुद्धिजीवी, समाजसेवी, व्यबसायी, विद्यार्थी, मजदुर तथा सम्पूर्ण दाज्यु-भाइ तथा दिदी-बहिनीहरुलाई आगामी चरणको बैठक ,छलफल हरुमा अनिबार्य उपस्थित भएर सस्थालाई आवस्यक सर-सल्लाह,सुझावहरु प्रदान गरिदिनुहुन पनि कास्की परिवारले हार्दिक अनुरोध गरेको छ ।
-प्रकाशित मिति : १७ अगस्त ,२०१७ कोरिया l
संबन्धित तस्बिरहरु :







0 comments

Write Down Your Responses

-->