कोरियामा नेपथ्य लाईभ द्वारा कास्की परिवारले छुसक तताउने

२८ अगस्त -२०१७ कोरिया l
कृष्ण पुरी :
"दुख -सुखमा संगठित समुह नै हाम्रो नाम
शिक्षा र स्वास्थ्यमा सबै मिली गरौ पुन्य काम "
"संगठित समुह नै परदेशको साहारा हो" भन्ने मुल नाराका साथ यस प्रवासी भूमी द.कोरियामा सामाजिक,साँस्कृतिक तथा खेलकुदको क्षेत्रमा अग्र पंक्तिमा सक्रिय संस्था कास्की परिवारद्वारा गत अगस्त २७ तारिखमा बसेको कार्यसमितिको बैठक र कास्केली भेलाले आगामी छुसकमा नेपालबाट "नेपथ्य ब्याण्ड" ल्याएर कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ l कास्की जिल्लामा बिशेष गरी बिपन्न बर्गमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ कोरियामा साँस्कृतिक कार्यक्रम संचालन गर्नको लागि गत अगस्त २७ तारिख एनसिसि द्वारा आयोजना गरिएको 'साँस्कृतिक कार्यक्रम बाडफाड' मार्फत कार्यक्रम दर्ता गरी स्वीकृत पाए सगै कार्यक्रम गर्ने तय गरेको हो । २०१० बाट यता लामो समय पश्चात २०१७ मा आयोजना गर्न लागिएको सो कार्यक्रम संचालनको लागि कोरिया स्थित नेपालीहरुको छाता सस्था एनसिसि कोरिया मार्फत आवश्यक प्रकृया पूरा गरि संचालन गर्न लागिएको संस्थाका अध्यक्ष दिल जलारी पासाले बताउनुभयो। स्थापनाकालदेखि नै कोरिया स्थित विभिन्न सामाजिक संस्थाहरुको गतिविधिमा सहभागी हुदै, बृहत्तर सामाजिक तथा खेलकुदमा समेत महत्वपूर्ण सहयोग एवं योगदान पुर्याउंदै आएको कास्की परिवारको उक्त कार्यक्रम संचालन कार्यमा कोरिया स्थित सम्पूर्ण नेपाली संघ-संस्था एवं समुदायहरुको सकारात्मक सहयोग एवं समर्थनको लागि परीवारले बिशेष अनुरोध गरेको छ l
आगामी अक्टोबर ४ तारिख छुसकको अवसर पारेर आयोजना गर्न लागेको "माछापुच्छ्रे साङ्गितिक सौगात भाग -३ "नेपथ्य लाइभ कन्सर्ट" नाम दिइएको साँस्कृतिक कार्यक्रमलाई भब्य रुपमा सफल बनाउनको लागि सस्थाका निबर्तमान अध्यक्ष तथा बरिष्ठ सल्लाहकार खोम प्रसाद गुरुङको सयोजकत्वमा र भुपु अध्यक्ष तथा सल्लाहकार नवीन गुरुङ्गको ब्यबस्थापनमा मुल आयोजक समिति तथा विभिन्न उपसमितिहरु बिस्तार कार्य अगाडि बढाईरहेको छ l
कास्की परीवार सग आबद्ध भएर सस्थामा हातेमालो गर्दै कार्यक्रमलाई कोरियामा एक नमुनाको रुपमा भव्यताका साथ सफल पार्नको लागी सम्पूर्ण कास्केली दाजुभाई तथा दिदीबहिनीहरुलाई आआफ्नो स्थान बाट उल्लेखनीय भूमिका निर्बाहको निम्ति हार्दिक अनुरोध पनि गरीएको छ l
कोरिया को विभिन्न क्षेत्रमा छरिएर विभिन्न पेशामा आवद्ध रहनुभएका सम्पूर्ण कास्केली बुद्धिजीवी, समाजसेवी, व्यबसायी, विद्यार्थी, मजदुर तथा सम्पूर्ण दाज्यु-भाइ तथा दिदी-बहिनीहरुलाई कार्यक्रम सफल पार्न को निमित्त आगामी चरणको बैठक ,छलफल हरुमा अनिबार्य उपस्थित भएर सस्थालाई आवस्यक सर-सल्लाह,सुझावहरु प्रदान गरिदिनुहुन पनि कास्की परिवारले हार्दिक अनुरोध गरेको छ । साथै कास्की परीवारले कोरियामा रहेका सबै संघसंस्थाहरुसंग निरन्तर हातेमालो गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्दै आउंदो छुसक अक्टोबर ४ का दिनमा अन्य कुनैपनि संघ -संस्थाहरुले कार्यक्रम नजुधाई दिनुहुन हार्दिक अपील गरेको छ ।

,

0 comments

Write Down Your Responses

-->