कोरियामा कास्की परिवारले माछापुच्छ्रे कप फूटबल प्रतियोगिता गर्ने

नमस्ते नेपाल कोरिया संवाददाता -
दक्षिण कोरियामा नेपाल फूटबल महासङ दक्षिण कोरियाको माताहतमा कास्की परिवार दक्षिण कोरियाले आउदो जुन 25 तारिकको दिन माछापुच्छ्रे कप फूटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।


प्रबासी नेपालीहरुको भावनात्मक एकता गराउने तथा प्रबासमा  नेपाली फूटबललाई प्रबर्द्धन तथा बिकास गर्ने उद्देश्यका साथ स्थापितनेपाल फूटबल महासङ्घ दक्षिण कोरियाको माताहतमा दक्षिण कोरियामा सकृय नेपाली फूटबल टिम द्वारा प्रत्येक महिना फूटबल प्रतियोगिता आयोजना गर्ने क्रमानुसार आगामी छैटौं महिनाको फूटबल प्रतियोगिता कास्की परिवारले आयोजना गर्न लागेको हो ।
प्रतियोगिता सोयोसानको खेल मैदानमा हुनेछ भने प्रतियोगित मा सहभागी हुन चहाने नेपाली संघ सस्था हरुले जुन महिनाको पहिलो हप्ता भित्र टिम दर्ता गराइदिनु हुन सम्पुर्ण संघ सस्थाका प्रतिनिधि हरुलाइ कास्की परिवारका खेल सम्योजक दल बहादुर गुरुङ ज्युले आग्रह गर्नु भएको छ । उक्त दिन फूटबल खेल, घैटो फुटाउने तथा मकै गन्ने लगाएतका विभिन्न मनोरञ्जनात्मक खेलहरुका साथै विभिन्न नेपाली परिकारहरुमा रमाउन सकिने भएको हुदा आफ्नो आफ्नो टिम लाई हौसला बढाउन तथा मनोरञ्जनात्मक खेल र नेपाली परिकारहरुको स्वादमा रमाउनको लागि सम्पुर्ण नेपालीहरु समय मिले सम्म सोयोसान खेल मैदानमा जान सक्नु हुनेछ।
यसैबीच कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष  दिल जलारी “पाशा”ज्यु ले प्रतियोगितालाई भब्यताका साथ सफल बनाउनको लागि क्षेत्र गुरुङ्ग ज्यु को संयोजकत्वमा मुल आयोजक कमिटि तथा विभिन्न उप समितीहरु गठन गर्दै आयोजनाको तयारी तिब्र रुपमा भएको जानकारी गराउनु भएको छ ।
खेल समन्धी जान्कारी
माछापुच्छ्रे कप फूटबल
मिति -2017/6/25
स्थान- सोयोसान खेल मैदान
समय- बिहान 7 बजे बाट सुरु हुनेव
आयोजक – कास्की परिवार दक्षिण कोरिया

0 comments

Write Down Your Responses

-->