कोरियन बुहारी भन्छिनः मेहनत गर्ने हो भने नेपालमा नहुने केही छैन्’

नितु घले,काठमाडौ-
कपाल स्ट्रेटिगं यानिकी (सिधा बनाउँदा) बल र बुद्धि लागएर तान्नुपर्छ, हात दुख्छ, पोल्छ नदेखिने खालको मेहेनत चाहिन्छ यसमा । उनको यही दुख बुझेपछी मैले काममा सहयोग गर्न थाले । सायद यो माया हो । यसरी गफिरहेका थिए गोबिन्द राइ पिपुल्सा प्लाजाको पाँचौ तल्लामा स्थित आफनै पार्लरमा । पार्लरको अर्को छेउमा गाढा निलो कपाल मिलाउँदै मुस्कुराइरहेकी थिइन् श्रीमती ली योगं सोक । अठार वर्षको उमेरमा कोरीया पुगेका राइले ली योगं सोकलाइ कोरीयाको राजधानी सोलमा भेटेका थिए ।

ली सोलमा पार्लर चलाएर बसेकी थिइन । राइ उनैको पार्लरमा कपाल काट्न जान्थे । जाँदाजँदै लभ पर्न थाल्यो, राइले मजाक गर्दै भने म ह्याडसम छु नी उसले देख्ने बितिकै मन पराइन् । कफी खादै, फिल्म हेर्दै हाम्रो लभ झांगियो । बीस वर्ष कोरीया बसेपछी आठ वर्ष पहीला नेपाल फर्कीयौ त्यो पनि ली कै आग्रहमा ।

यी बुढाबुढी भन्छिन्, ‘कोरीयामा पैसा छ तर आफनो लागी समय छैन । तर नेपालमा दुख गर्यो भने पैसा छ, आफनो लागी समय पनि हुन्छ ।’ कोरीयाबाट आएदेखी नै पार्लर चलाइरहेकी ली भन्छिन्, ‘खाली विदेश जाने, पैसा कमाउने भन्छन् विदेशमा सजिलो छैन ।’ राइ थप्छन् मास्टर पास गरेका लेबर गर्न विदेश गएको देख्दा चित्त दुखेर आउँछ । अलिकति आइडीया लगाए र मेहेनत गरे नेपालमा विदेशमा नसकेको आम्दानी गर्न सकीन्छ । राजनिती अस्थीरता भनेर दोष लाउनु बेकार हो । गरीखानेको लागी राजनितीसँग कुनै सम्बन्ध छैन, मेहनेत गर्नेलाइ राजनिती के मतलब ।

यहाँ एकवर्षमा मरेर कमाएको पैसा उहाँ एक महीनामा कमाइन्छ । तर पैसा नै सबै थोक हैन नी । नेपालमा पनि सबै कुरा संभव हुन्छ भन्ने शिक्षा दिनुपर्छ हामीले । विदेश जाने मात्रै राम्रो भन्ने सोच हामीले हटाउनुपर्छ । राइ थप्छन्, ‘हेर्नुस न बाटोमा हातमा राखेर चिया डुलाउनेले पनि मासीक तीस हजार कमाउदो रहेछ । नेपालीहरुले साउदीमा ईटा बोक्दा हुने नेपालमा नहुने । त्यहाँ ईटा बोक्दामहीनाको तीस हजार कमाउँछ तर नेपालमा त्यो भन्दा धेरै कमाउँछ ।’

पार्लरमा पच्चीस तीस वर्ष लामो अनुभव संगालेकी ली नेपाली ग्राहकलाइ धन्यवाद दिन चाहेको बताउँछिन् । उनले धन्यवाद दिनुको कारण भने नेपाली ग्राहकहरु कुरेर बसीदिन्छन् । आज भ्याएन भोली आउनुस है भन्दा आइदिन्छन् । कोरीयामा यो संभव हुँदैन । सायद मेरो काम मन पराएर आउनुभएको होला ली ले भनिन् ।

कुनै पनि समय ब्यस्त रहने उनको काठमाडौमा बस्ने सतप्रतिशत कोरीयन उनकै पसलमा आउँछन् । नेपाली जापानिज, चाइनीज, युरोप अमेरीका सबैतिरका ग्राहक आउने गरेको बताउँछिन ।

भुकम्पले गर्दा आफनो ब्यापारमा अलि मन्दि ल्याएको छ ली ले भनिन् । भुकम्प पहीला त खाजा खाने समय पनि हुदैनथियो । पाँच जना स्टाफ थिए । सबै ब्यस्त हुन्थे । भुकम्प पछी ग्राहक अलि आउँदैनन । कहीलेकहीले ब्यस्त हुन्छु, कपाल कलर गर्ने, पर्म, डीजिटल पर्म, स्टे्ट, कर्ल गर्ने धेरै मान्छे आउँछन् । तीन महीनाको एकलाख २० हजार भाडा तिर्नुपर्छ उनले । अहीलेलाइ दुइ जना स्टाफ मात्रै राखेकीछिन् ।

ली को नेपालीहरुसँग काम गर्दाको अनुभव फरक रहेको बताउँछिन् यहाँका स्टाफ डेगीलो छैनन । काम गर्दा खासै ध्यान दिदैनन् । तर कोरीयामा काम गर्दा ध्यान दिन्छ । काम सिकाउदा पनि स्टाफले राम्रो सिक्दैन एकदम गारो । कोरीयामा सिरीयसली काम सिक्छ । मन दिन्छन् । यहाँ अलि लापरबाही गर्छन ।

कोरीयामा ब्युटि पार्लर खोल्नु भन्दा पहीला सरकारले लिने जाँच लिएर मात्रै खोल्न पाइन्छ । बाइसवर्ष कोरीयामा पार्लर चलाएकी थिइन ली ले। उनको विचारमा कोरीयामा कपालको स्टाइल धेरै गरीन्छ । कामको ब्यस्तताले प्रायजसो छोटो कपाल बनाउन मन पराउँछन । कोरीयनहरु कपालमा एकदमै सौखीन हुन्छन् । हप्तै पिच्छे फरक स्टाइल दिन्छन् । उनले हाइस्कुल लेभल सकेपछी काम सुरुगरेकी थिइन् ।

पार्लर मात्रै हैन परीवार पनि हेर्नुपर्छ उनले । कोरीयाबाट आएर नेपाली परीवारमा बुहारी बन्दा समस्या त पर्छ नै । दुइजना छोरीहरुछन् । सासुससुरा रोगी हुनुहुन्छ । उहाँहरुको रेखदेख गर्नु, बच्चालाइ ब्यालेन्समा राखेर आफनो काम गर्न साहै पर्छ । तर मैले पेटमा बच्चा नौ महीना भइन्जेल पार्लरमा काम गरेको थिएँ । दुइ हप्ता आराम गरेपछी छोरी जन्मेकी थिइन । उनी जन्मेपछी पनि एक महीना नभइ काम गर्न थालेँ । ग्राहकले बस्नै दिएनन । छोरी चार वर्षकी भइन। घरमा बस्छिन ।

ली का श्रीमान ४७ वर्षका राइ पनि उतिकै मेहेनतमा विश्वास गर्छन् । कोरीयामा निकै दुख गरेर टेक्ससाइल कम्पनिमा क्याप्टेन, मेनेजर सम्मको पदमा पुगेको र पछी आफैले कम्पनी खोलेर बसेको बताए । धेरै संघर्ष गरेँ । यता र उता आकाश पातलको फरक छ । यहाँ ठग्दै काम गर्छ । त्यहाँ लापरबही भन्ने हुँदैन ।

जिम्मेवारी लिए पछी राती भए नि सक्नैपर्छ । म १८ घन्टा सम्म काम गर्थे । कामको बोझ, पारीवारको लागी समय नहुने । पैसाले मात्र खुशी नदिदो रहेछ । अनि हामीले नेपाल आउने निर्णय गर्यौ यहाँ पैसा नकमाइएला । तर सबैले टोल, छिमेकमा चिन्छन्, इपिएस भाषा तयारी कक्षामा पढाउने हुँदा त्यहाँ धेरैले चिन्छन् । त्यहाँ कसले चिन्छन् र । इज्जत कहाँ हुन्छ र ?

राइ बिहान छ बजे देखी नै कोरीयन भाषा पढाउन दौडीन्छन् बानेश्वरमा । नेपाल सरकारले दिने व्यवसायिक इपिएस तालिम केन्द्र छ भैसेपाटीमा । त्यहा नौ बजे पुगीसक्छन् । त्यसपछी दरबार मार्गमा आफुले सुरु गरेको ट्राभल एजेन्सीको लागी पनि समय मिलाउँछन् ।

कहीलेकाही श्रीमतीलाइ सघाउन पनि आइपुग्छन् । विदेशमा त्यति धेरै खटेँ । यहाँ त सजिलो छ नी । भारी बोक्नुपर्ने त हैन नी ।  राइको विचारमा सीप जस्तोसुकै सिके पनि काम लाग्ने बताउँछन् । मेहेनेत गर्नेले भोकै मर्नुपर्दैन । विदेशमा गएर ईटा बोक्नेले नेपालमा पनि बोक्न सक्नुपर्छ ।

आफु पनि काम गर्छन र श्रीमतीको कामलाइ प्रशंसा गर्छन उनी । ली को अबको सपना भनेको एउटा राम्रो तामिल केन्द्र खोल्ने हो । उनी आफनो पार्लरलाइ कोरीयामा जस्तै स्थापित र विस्तार गर्न चाहेकोले उनलाइ सहयोग गर्ने राइले बताए । -अन्नपूर्णपोष्ट

,

0 comments

Write Down Your Responses

-->