कोरियाले सुरुवातमै पठायो ५ सय कामदारको ‘लेबर कन्ट्रयाक्ट’
रबिन्द्र घिमिरे,काठमाडौं ।
दक्षिण कोरियाले सन् २०१७ को पहिलो लटका लागि नेपाली काादरलाई लैजान सुरु गरेको छ । कामदारको छनोट सुरु गरे लगत्तै भाषा परीक्षा पास गरेका ५ सय नेपालीको श्रम सम्झौता पठाएको छ ।
यसैसाता सन् २०१७को लागि इपीएस पास गरेका नेपाली कामदारको छनोट सुरु गरेको कोरियाले सुरुवातमै ५ सय कामदारको ‘लेबर कन्ट्रयाक्ट’ पठाएको हो ।
कोरियाको मानव संसाधन विकास विभागले पहिलो चरणमा कृषि र उत्पादनमूलक तर्फका कामदार छान्ने क्रम तीब्र पारेको इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले अनलाइनखबरलाई बताए । विभागले भाषा परीक्षा पास गरेका कामदारको ३ चरणमा छनोट गर्ने गरेको छ ।
कोरियाले अब आगामी जुन महिनामा दोस्रो चरणको छनोट सुरु गर्नेछ । त्यसको चार महिनापछि तेस्रो तथा अन्तिममा कामदार छानिने छन् ।
कामदार छान्न रोजगारदाता कम्पनीहरु सहभागी हन्छन् । उनीहले परीक्षा पास भएकामध्येबाट आफुलाई आवश्यक पर्ने कामदार भाषा छान्न पाउँछन् ।
रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
२ हजार एक सय ४० कृषि क्षेत्रमा र १ हजार तीन सय ७७ जना उत्पादनमुलक क्षेत्रमा पास भएका थिए । भाषा परीक्षा उत्तीर्ण गरेका सबैजना कोरिया जाने ग्यारेन्टी भने हुँदैन ।
सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि कोरियाले नेपाली कामदार लिन सुरु गरेको थियो । हालसम्म दक्षिण कोरियामा इपीएसमार्फत् ३५ हजार बढी हजार नेपाली कामदार पुगिसकेका छन् ।
महिनामा १ लाख रुपैयाँभन्दा बढी कमाइ हुने भएकाले नेपाली कामदारको आकर्षण कोरियामा अत्याधिक छ ।

0 comments
Write Down Your Responses