उत्तर कोरियाका नेता किम जोनका सौतेला दाजुको मलेसियामा हत्या

नमस्ते नेपाल कोरिया डट कम -
उत्तर कोरियाली शासक किम जोगं उनका सौतेला दाजुको मलेशियामा हत्या भएको छ । सौतेला दाजु किम जोगं नामको मलेसियाको राजधानि क्वालालम्पुरस्थित अन्र्तराष्ट्रिय एयरर्पोटमा हत्या भएको हो। हत्यामा उत्तर कोरियाबाट आएका अज्ञात महिला एजेन्टको हात रहेको आशंका गरिएको छ । नामको विषाक्त सुइको प्रयोग गरेर हत्या गरिएको सरकारी श्रोतलाई उद्धृत गर्दै यहाँको केबल ब्रोडकास्टर टिभि छोसनले जनाएको छ । नाम विमानस्थलबाट अस्पताल जाने क्रममा आक्रमणको निशाना परेको खबरमा उल्लेख छ ।

छोसनका अनुसार दुई जना महिलाहरुले बिषालु सूईले नामलाई आक्रमण गरेर ट्याक्सीमा भागेका थिए। तर मलेसियाका अधिकारिहरुले बिषालु सूईले आक्रमण गरेको नभई बिषालु तरल पदार्थ छर्केर घाईते बनाएको दाबि गरेका छन्। उत्त घटना एयरपोर्ट भित्रकोे सपिगं एरियामा भएको जनाएको छ। आक्रमण पश्चात नामलाई एयरर्पोटमा रहेको क्लिनिकमा पुर्याईएको थियो। क्लिनिकमा स्वास्थ्यकर्मीले उनलाई मृत घोषित गरेका थिए।

मलेसियाली अधिकारिका अनुसार उनले किम चोलको नाममा जारि भएको पासपोर्ट बोकेका थिए। किम जोगं नाम दक्षिण कोरियामा जन्मेकि अभिनेत्री सोन्ग हेए रिम र उत्तर कोरियाली पूर्व शासक किम जोगं इलका छोरा हुन्। उनि ४५ बर्षका थिए। उत्तर कोरियामा शासकिय सुधार हुनु पर्ने र वंशिय शासनको अन्त्य हुनु पर्ने वकालत गरेका कारण सन् २००१ देखि निर्वासनमा छन्। उनि परिवार सहित कहिले मकाउ, सिंगापूर त कहिले चिनमा बस्दै आएका थिए।

उनि माथि सन् २०१० मा चिनमा हत्या प्रयास भएको थियो। त्यतिबेला उनको कारलाई उत्तर कोरियाको एक जासूसले ठक्कर दिएर भागेको थियो। तर उनि भने बाँच्न सफल भएका थिए।(एजेन्सी)

,

0 comments

Write Down Your Responses

-->