आज जनवरी २७ बुसानमा यलम्बर र २८ सउलमा सुम्निमाले धुम मच्चाउने


जनवरी २७ बुसानमा यलम्बर र २८ सउलमा सुम्निमाले धुम मच्चाउने

आधा  दर्जन  बढी  कलाकारहरुको  बेजोड प्रस्तुति हुदै 
उमेश शेरालुंग- सउल, कोरिया
अहिले कोरियामा मध्ये जाडो यानकी माइनस १५ सम्म पुग्ने गरेकोछ, जसले मानिसहरुलाई हिड्न दुल्न काम गर्न एकदमै कठिनाई भैरहेकोछ।  तर यस्तो जाडोमा पनि यहाको माहोल भने तातिरहेको छ।   कोरियाली नया वर्ष सलनालको उपलक्ष्यमा ३-४ दिन बिदा हुने गर्छ, जसको फाइदा उठाउदै यहाँ विभिन्न पेशामा आबद्द नेपालीहरुको संघ संस्थाले नेपाल बाट कलकारहरु झिकाई सांगीतिक कार्यक्रम गर्ने गरेकोछ।
यसै अबसारमा यसपालीको जाडो लाई सांगीतिक माहोलले तताउन कोरियाको प्रतिष्ठित संस्था किराँत राई यायोक्खा दक्षिण कोरिया ले पनि दुई ठुला बृहत सांगीतिक कार्यक्रम गर्न लागेका छन् ।  जसका लागि नेपालबाट झिकाईएका चर्चित कलाकारहरु बुधबार विहान कोरिया आइपुगेका छन् । अहिलेका बहुचर्चित भर्सटायल गायक राजेश पायल राई, गायिका तथा उघोषक र संचारकर्मी कोमल ओली, गायिका मिलन अमात्य, प्रिती आले , डान्सर रञ्जिता लिम्बु र हाँख्याकलाकार राजा राजेन्द्र पोख्रेल कोरिया आइपुगेका हुन् । कलाकारहरुलाई रिसिभ गर्न किराया दक्षिण कोरियाका अध्यक्ष बालकृष्ण बान्तवा, किराया दक्षिण कोरियाका सल्लाकार लोचन राई किराया बुसान शाखाका उपाध्यक्ष दोस्तिहाङ राई लगायतको टोली इन्छन् विमान स्थल पुगेका थिए । यधपी केहि अन्य  नया कलाकारहरुको आगमनमा भिसा  नमिलेको कारण  बिज्ञप्ति  सार्बजनिक  गर्दै किराया ले  क्षमा याचना पनि  व्यक्त गरिसकेको  छ l साथै  चर्चित उपस्थित कलाकारहरुको साथमा भरपुर  मनोरञ्जन लिनको लागी  पनि  सबैलाई आह्वान  गरिएको छ  l
किरात राई यायोख्खा दक्षिण कोरिया बुसान शाखाले दुर्गम पहाडी भेगको बिध्यार्थी बालबालिकाहरुको लागि सहयोगार्थ भन्दै जनवरी २७ मा यलम्बर साङ्गितिक सौगात भाग-१, जनवरी २७ मा र सुम्निमा घर (सेल्टर) स्थापनाको लागि किराया दक्षिण कोरिया सौल केन्द्रले सुम्निमा साङ्गितिक सौगात भाग-३, जनवरी २८ मा गर्न लागेको हो।
नेपालबाट आएका कलाकारहरु जनवरी २७ तारिख बुसानको कार्यक्रमको निम्ति बुधबार विहनै विमानस्थल बाटै बुसान प्रस्थान गरिएको किरात राई यायोख्खाका अध्यक्ष बालकृष्ण बान्तवाले बताए।जनवरी 27 को यलम्बर साङ्गितिक सौगात कार्यक्रम सम्पन्न पश्चात कलाकरहरु २८ सौल सुम्निमा साङ्गितिक सौगातको लागि प्रस्थान गर्ने पनि अध्यक्ष राईले जानकारी दिएका छन्।
कार्यक्रम तालिका:
१. सुम्निमा साङ्गितिक सौगात भाग-३, सउल
मिति: जनवरी २८, २०१७
समय: ठिक १ बजे
स्थान: फेग जुन्योन किन्योम ग्वान (छुन्गो ओगा, सौल)
जाने तरिका: सब वे लाईन नं-१ छुन्गो ओगा( छुन्गो ओगा स्टेसन गेट नं-२ बाट हिडेर ५ मिन, अथवा तुङ्ग्देमुन गेट नं. १,२,३ बाट हिडेर १५ मिनेट
२. यलम्बर साङ्गितिक सौगात भाग-१,
मिति: जनवरी २७, २०१७
समय: ठिक १२ बजे
स्थान: मिन्जु खोङ्वन(डेमोक्रेसी पार्क) बुसान स्टेसन
जाने तरिका: छिहाछल एक नम्बर लाइन बुसान स्टेसन, सात नम्बर गेट बाट निस्कने- बसको ब्यबस्था गरिएको – बस नम्बर 43र 190-ट्याक्सिमा मात्र 2800वन-मिन्जु खोङ्वन(डेमोक्रेसी पार्क)

, ,

0 comments

Write Down Your Responses

-->