आधिखोला सांगीतिक सौगातका कलाकार कोरियामा धुम मच्चाउन तम्तयार


स्याङ्जा परिवार दक्षिण कोरियाले गर्न लागेकाे आँधीखोला सांगितिक साैगात -५ लाई  कलाकारहरु कोरिया आइपुगेका छन।
सल्नाल काे दास्राे दिन अर्थात जनवरी २८ तारिकका दिन   संग्बुक कुमिन यसङ्ग ह्य्वेग्वान (गत बर्ष गोरखा परिवारले कार्यक्रम गरेको हल ) मा परिवारले  सांगीतिक कार्यक्रम आयोजना गर्दै छ।
अहिलेकि  चर्चित मोडल तथा डान्सर एलिसा राई ,सुगम तथा गजल गायक शिव परियार ,पप तथा आधुनिक गायिका आस्था राउत, त्यस्तै लोक दोहोरी गायक शिव हमाल ,लोक दोहोरी  गायिका कृष्णा गुरुङ र हाँस्यकलाकार निर आलेमगर  ड्रागन एअर बाट आज कोरिया आइपुगेका छ्न।  कलाकारहरू लाई परिवार का अध्यक्ष राजु भण्डारी , संचार संयोजक नेत्र पौडेल , महिला संयोजक सपना शर्मा लगाएत को एक समुहले स्वागत गरेको थियो।bus syangja
“कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको बताईएको छ। मुल आयोजक समिति र अन्य उपसमिति हरुले कार्यक्रम सफल बनाउन आ – आफ्नो काम गरिरहेका छन , बिगत  जस्तै कार्यक्रम सभ्य र भब्य  रुपमा सफल हुने निश्चित छ” परिवार का अध्यक्ष राजु भण्डारी ले भने।  कोरीयामा रहेका सबै संघ सस्था तथा दक्षिण कोरीयाबासी नेपालीहरूबाट कार्यक्रम सफल बनाउन साथ र सहयोग  रहने अपेक्षा गर्दै सम्पुर्ण कोरियाबासी नेपाली लाई परिवार ले हार्दिक निमन्त्रणा पनि गरेको छ।output_n9pyTW
सन १९९७ मा स्थापना भई विभिन्न सामाजिक कार्यमा सक्रिय  स्याङ्जा परिवार दक्षिण कोरियाले  समय समय मा विभिन्न कार्यक्रम हरु गर्दै  उठेको रकम बाट समग्र स्याङ्जा जिल्ला को  स्वास्थ र शिक्षा  क्षेत्रको बिकासमा  मा सेवा  पुर्याउदै आएको छ भने काम छोडेर बस्ने नेपाली हरु लाई मध्यनजर गर्दै हाम्रो स्याङ्जा घर “सेल्टर” संचालन गरिरहेको छ।

,

0 comments

Write Down Your Responses

-->