उत्तरले दक्षिण कोरियामा आक्रमण

उत्तरले दक्षिण कोरियामा आक्रमण गरेको भिडियो

एजेन्सी |२०७२ चैत्र २३ मंगलवार
फोटो :एजेन्सी
सोल: उत्तर कोरियाले दक्षिण कोरियाको राष्ट्रपति भवनमा हानेको 'प्रोपोगान्डा' भिडियो सार्वजनिक गरेको छ । उत्तरले दक्षिणको राष्ट्रति भवनमा रकेट हानेको सो भिडियो सार्वजनिक गरेको हो । 
 
उत्तर कोरियाको सरकारी वेबसाइटमा उसले दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय र ब्ल्यु हाउसमा हानेको सो भिडियो राखेको छ । 
 
उत्तर कोरियाको सरकारी वेभसाइटमा यो भिडियो मङ्गलबार मात्र राखिएको छ । यस भिडियोमा उत्तर कोरियाका तर्फबाट पटक÷पटक दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा रकेट हमला गरेको देखाइएको छ । 
यसअघि पनि उत्तर कोरियाले वासिङ्टनमा यसैगरी रकेट हानेको भिडियो सो वेबसाइटमा राखिएको थियो । उत्तरले पछिल्लो समयमा गरेका यी क्रियाकलापहरुलाई उत्तेजनात्मक भनी विश्वव्यापी रुपमा विरोध गरिएको छ । 
 
यसैबीच प्राप्त अर्को एक समाचारमा दक्षिण कोरियाली गुप्तचर निकायले उत्तरले आफ्ना महत्वपूर्ण सरकारी अधिकारीको फोन ह्याक गरिदिएको बताएका छन् । 
 
यसअघि पनि उसले पटकपटक उत्तर कोरियाले साइबर हमला गर्ने गरेको र यस पटक आफ्ना महत्वपूर्ण र उच्च पदस्थ सरकारी कर्मचारीको मोबाइल फोन नै ह्याक गरिदिएको बताएको समाचारमा जनाइएको छ । 
 
दक्षिण कोरियाका महत्वपूर्ण सरकारी अधिकारीका मोबाइल फोनहरु उत्तर कोरियाले ह्याक गरिदिएको उनीहरुको भनाइ छ । 
 
दक्षिणको उक्त गुप्तचर निकायले उत्तरले विगत लामो समयदेखिदक्षिण कोरियाको सूचना प्रविधिमा हमला गर्ने गरेको आरोप लगाएको छ । 
 
गएको ६ फेब्रुअरीमा उत्तर कोरियाले लामो दूरीको रकेट परीक्षण गरेपछि सुरु भएको विवाद हाल विश्वव्यापी बनेको छ । 
यसका कारण दक्षिणकोरिया, जापान र संयुक्त राज्य अमेरिका एक भएका छन् र उनीहरुले उत्तर कोरिया विरुद्धको नाकाबन्दीका लागि संयुक्त राष्ट्रसङ्घलाई सघाएका थिए । 
 
उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणपछि उसले दक्षिण कोरियामाथि निरन्तररुपमा साइबर हमला गर्दै आएको पनि बताएको छ । 
 
दक्षिण कोरियाको गुप्तचर निकाय नेसनल इन्टेलिजेन्स सर्भिस (एनआइएस) ले उत्तर कोरियाले दक्षिण कोरियाका महत्वपूर्ण सरकारी अधिकारीको फोन नम्बर चोरेर लगेको र यसबाटै उनीहरुले नियन्त्रण गरी फोन बिगारिदिएको जनाएको छ ।एजेन्सी

0 comments

Write Down Your Responses

-->