कोरियन भाषा परीक्षा असार ४ र ५ गते

कोरियन भाषा परीक्षा असार ४ र ५ गते, आवेदन बैशाख १५ देखि खुल्ने

आवेदन भर्न एमआरपी अनिवार्य

२०७२ चैत २२ गते १४:११ मा प्रकाशित
 894  10 
  0
फाइल तस्वीर
रवीन्द्र घिमिरे
२२ चैत, काठमाडौं । दक्षिण कोरियामा नेपाली कामदार पठाउने रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गतको भाषा परीक्षा आगामी असारको ४ र ५ गते हुने भएको छ ।
सोमबार बसेको इपीएस-कोरिया निर्देशक समितिको बैठकले २०१७ मा कोरिया जाने कामदार छनौटको लागि भाषा परीक्षाको मिति तोकेको हो ।
यसका लागि बैशाखको १५ देखि १८ गतेसम्म आवेदन फारम खुला गरिने इपीएस शाखाका निर्देशक डिल्लीराम बास्तोलाले अनलाइनखबरलाई जानकारी दिए ।
यसअघि भदौमा परीक्षा लिने भनिएपनि कोरियाको मानव संशाधन विभागले असारमै परीक्षा लिन आग्रह गरेपछि परीक्षा गत वर्षहरु भन्दा छिटो गर्न लागिएको हो । यसअघि असोज महिनमा परीक्षा हुने गरेको थियो ।
उपत्यका बाहिर ५ वटा संकलन केन्द्र
भाषा परीक्षाको आवेदन फारम  संकलनका लागि काठमाडौंमा ५ वटा केन्द्र राख्ने निर्णय गरिएको छ । उपत्यका बाहिर डडेलधुरा, बुटवल, पोखरा, धरान र जनकपुरमा पनि आवदेन संकलन हुनेछ । संकलन केन्द्रहरु केही दिनमै तोकिने बास्तोलाले बताए ।
‘आवेदन भर्न काठमाडौं नै आउन नपरोस् भनेर विभिन्न ठाउँबाट आवदेन लिने निर्णय भएको हो’ बास्तोलाले भने-‘आवदेन दिनको संख्या ठूलो हुने भएकाले सास्ती नहोस् भनेर संकल केन्द्रलाई मोफसलमा पनि लगिएको हो ।’
गत वर्ष भाषा परीक्षाका लागि ४० हजार भन्दा बढीले आवदेन भरेका थिए ।  यसवर्षदेखि अनलाइन फारम बुझ्ने भनिएपनि पूर्वनिर्धारित समयभन्दा पहिले नै परीक्षना गर्नुपरेका सम्भव नभएको उनले बताए ।
राम्रो आम्दानी हनेे कोरियामा हालसम्म ३५ हजार नेपाली इपीएस पास गरेर पुगिसकेका छन् । कोरियाले विगत जस्तै यसपटक पनि उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा कामदार माग्नेछ । आवदेन फारममा नै परीक्षार्थीले आफुले काम गर्न चाहेको क्षेत्र खुलाउनुपर्नेछ ।
एमआरपी अनिवार्य
यस वर्षदेखि इपीएस भाषा परीक्षाको आवदेन दिन मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य गरिएको छ । परीक्षालाई विश्वसनीय बनाउन र नक्कली परीक्षार्थीको प्रवेश हुन नदिन यस्तो निर्णय भएको बास्तोलाले बताए ।
अब भाषा परीक्षाका लागि आवेदन दिनुअघि नै एमआरपी बनाउनुपर्ने भएको छ । यसअघि नागरिकताका आधारमा फारम संकलन हुने गरेको थियो ।
‘परीक्षालाई पूर्ण तवरले निष्पक्ष गराउन यसको व्यवस्था भएको हो’ उनले भने ‘एमआरपी अनिवार्य भएपछि विभिन्न विवरणमा देखिने त्रुटीहरु पनि घट्नेछन् । यसले परीक्षार्थीलाई नै फाइदा हुनेछ ।’
काठमाडौंमा र पोखरामा परीक्षा
भाषा परीक्षा काठमाडौं र पोखरा गरी दुई ठाउँमा सञ्चालन हुनेछ । पोखरामा आवेदन भरेकाहरुले त्यहीँबाटै परीक्षा दिन पाउनेछन् भने त्यसबाहेकाका ठाउँबाट आवदेन भर्नेहरु काठमाडौंमै आउनुपर्नेछ ।
परीक्षा केन्द्रलाई विकेन्द्रिकरण गर्ने नेपाल र कोरियन सरकारको नीति अनुरुप पोखरामा पनि परीक्षा लिने निर्णय भएको निर्देशक बास्तोलाको भनाइ छ ।
श्रममन्त्री दीपक बोहोराको अध्यक्षतामा बसेको निर्देशक समितिले कोरियामा आफ्नो अवधि नाघिसकेपछि ‘ओभर स्टे’ नगर्न सबै नेपाली कामदारलाई आग्रह गरेको छ ।
बैठकले भूकम्प अतिप्रभावित १४ जिल्लाबाट परीक्षामा सहभागी हुनेलाई प्राथमिकतामा राख्न कोरियासँग आग्रह गर्ने निर्णय पनि गरेको छ । समितिमा श्रमसहित परराष्ट्र, अर्थ र गृह मन्त्रालयका अधिकारी पनि सदस्य छन् ।
कोरियाले नेपालसहित १६ मुलुकबाट विदेशी कामदार आपूर्ति गर्दै आएको छ । सन् २००७ मा नेपाल र कोरिया सरकारबीच इपीएस प्रणालीअन्तर्गत कामदार लिने सम्झौता भएर २००८ देखि भाषा परीक्षा हुने गरेको छ । वर्षमा ८ हजार भन्दा बढी परीक्षामा पास हुने गरेका छन् ।
-अनलाईन खबर 

0 comments

Write Down Your Responses

-->