कोरियामा'' भूकम्प पछिको नेपाल'' तस्वीरमा प्रर्दशन गरिने

नमस्ते नेपाल कोरिया संवाददाता 
बैशाख १२ गते गएको भूकम्पले विक्षिप्त बनेको नेपाल र नेपालीलाई सहयोग गर्न देशविदेशबाट राहतको ओइरो नै लाग्यो । जुन अझै कायमै रहेको छ । विगत ३ महिनादेखि यस्तै राहत वितरणमा सम्लग्न नेपाल कोरिया कला केन्द्रले सोहीक्रममा खिचेका तस्वीरहरुलाई कोरियामा प्रर्दशन गर्ने भएका छन् । नोभेम्बर २२ तारिख आइतबार सउल स्थित नेपाली राजदूतावासमा सो तस्वीरहरु प्रर्दशन गर्न लागेको हो ।

केन्द्रले आफै पाउरोटी बनाएर काठमाण्डौ, काभ्रे, धादिइ० र नुवाकोट जिल्लाका विभिन्न स्थानमा पुगी भूकम्प प्रभावित विद्यालयमा निशुल्क ब्रेड, स्टेशनरी सामग्री र लत्ताकपडा वितरण गर्दै आएका छन् । साथै लाइटाइ०, सिन्धुपाल्चोक र गोर्खाका भूकम्पपीडित सिविरमा समेत सुत्केरी समाग्री सहित राहत वितरण गरिएको थियो । साथै नुवाकोट जिल्लाको सुनखानी गाविस गुरुइ० गाउँका भूकम्पले भत्काएका जलेश्वरी प्राविमा दुई तले भवन र पुस्ताकलय निमार्ण कार्य समेत थालनी गरिएको छ । सोहीक्रममा खिचिएका तस्वीरहरु प्रर्दशनीमा अवलोकन गर्न सकिने केन्द्रले जनाएको छ ।

0 comments

Write Down Your Responses

-->