वार्ताको खबरले शेयर कारोबारमा वृद्धि

नमस्ते नेपाल कोरिया संवाददाता 
बुधवार नेप्से परिसूचक ५ दशमलव शून्य ७ अङ्क  बढेको छ ।   बजार खुलेको केही समयदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक १ घण्टा ४० मिनेटको व्यापारमा १ हजार १ सय ५ विन्दुमा उक्लिएको थियो ।



यो अघिल्लो दिनको बन्द विन्दुभन्दा लगभग ११ अङ्क बढी हो । त्यसपछि बाटो परिवर्तन गरी ओरालो लाग्न थालेको नेप्से परिसूचक १ हजार ९९ विन्दुमा पुगेर बजार बन्द भयो ।

नेप्सेमा १ हजार ५ सय ६० व्यापारबाट १ सय ११ कम्पनीको ४ लाख ७० हजार कित्ता शेयर किनबेच भयो । यसबाट रू. २१ करोड ४६ लाख रकम परिचालन भयो भने रू. ११ खर्ब ६१ अर्बको कुल बजार पूँजीकरण भयो । नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) अहिले न्यूट्रल जोन अथवा ४० दशमलव ३२ स्केलमा रहेको छ । यसले बजारमा शेयरको विक्री र खरीद चाप सन्तुलनमा रहेको देखाउँछ ।

नेप्सेको बुधवार एडी रेशियो १ दशमलव ८ रहेको छ । सो दिन व्यापारमा आएका १ सय ११ कम्पनीमध्ये ६३ कम्पनीको शेयरमूल्य बढ्यो, ३५ कम्पनीको शेयरमूल्य घट्यो भने १३ कम्पनीको शेयरमूल्य स्थिर रह्यो । यसले नेप्से बुलिश प्रवृत्तिमा रहेको देखाउँछ । बुधवार सिटिजन बैङ्क इन्टरनेशनल लिमिटेड बैङ्कको सर्वाधिक रू. २ करोड २४ लाख बराबरको शेयर खरीदविक्री भयो ।

त्यसैगरी, सो दिन साना किसान विकास बैङ्कको शेयरमूल्य सर्वाधिक ७ दशमलव २० प्रतिशतले बढ्यो भने जेबिल्स फाइनान्सको शेयरमूल्य सबैभन्दा बढी ६ दशमलव ४३ प्रतिशतले घटेको छ ।

बुधवार बैङ्किङ समूहको परिसूचक सर्वाधिक शून्य दशमलव ७९ प्रतिशतले बढेको छ । त्यसैगरी, विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव ४७, बीमा शून्य दशमलव २८, वित्त कम्पनी र ‘अन्य’ दुबै समूहको परिसूचक शून्य दशमलव १५ प्रतिशतले बढेको छ । सो दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा बढी १ दशमलव ३२ प्रतिशतले घट्यो ।

त्यसैगरी, होटल समूहको परिसूचक शून्य दशमलव ७१ र जलविद्युत् शून्य दशमलव २४ प्रतिशतले घटेको छ ।

0 comments

Write Down Your Responses

-->