ईपीएस युथ नेपालद्वारा डोल्मा शेर्पालाई सहयोग रकम हस्तान्तरण

आङ दोर्जे शेर्पा ,थेगु

२८ अक्टोबर २०१५ ,कोरिया l
बिगत लामो समय देखि बोन म्यारो क्यान्सरबाट पिडित दोल्खा निबासी डोल्मा शेर्पाको सहयोगार्थ कोरियामा रहेको युबाहरुको सक्रिय सस्था ईपीएस युथ नेपालले कोरियाको थेगु सहरमा नेपाली बजारमा तहल्का पिटिसकेको नेपाली चलचित्र होस्टेल रिटर्न्स चलायेको थियो।
अक्टोबर ११ को दिन थेगुस्थित सगु मुन्ह्वा होइगानमा प्रदर्शन गरियेको उत्त कार्यक्रमको नाम "Hostel Returns in Deagu" राखियेको थियो। एनआरएन थेगु,नेपाल अन्नपूर्ण सेवा समाज तथा ओखलढुंगा सेवा समाजको विशेष सहयोग रहेको उत्त कार्यक्रमकोलागि थेगुस्थित तारा रेस्टुरेन्टले प्रबर्द्धन गरेको थियो।
दशैको मौका पारेर प्रबाशमा नेपालीहरुको एकता नामक समुहले आयोजना गरेको दशै कार्यक्रमको मौका पारेर सहयोग रकम जम्मा ४३,२१,००० वन एनआरएन कोरियाका महिला प्रतिनिधि भावना गुरुङमार्फत हस्तान्तरण गराईयेको थियो। ईपीएस युथ नेपालका संयोजक आङ दोर्जे शेर्पा लगायत सस्थाका सचिब,कोष अध्यक्ष तथा सदस्यहरु क्रमस सन्तोष घिमिरे,सन्तोष तामाङ,कुमार लिम्बु,जीवन मगरकोपनि उपस्थिती रहेको उत्त कार्यक्रमकोलागि ईपीएस युथ नेपालको निमन्त्रणामा नेपाल अन्नपूर्ण सेवा समाजका अध्यक्ष नगेन्द्र मगर तथा एनआरएन थेगुकालागी सचिब सोम ढकाल र सदस्य नारायण अधिकारीलेपनी उपस्थिति जनाउनु भयेको थियो। दशै कार्यक्रमको बिचमा गरियेको उत्त रकम हस्तान्तरण कार्यक्रममा संयोजक शेर्पाले सस्थाका अध्यक्ष ईपीएस छिङ्गु लगायत साथिहरु खगेन्द्र पान्डे र बिक्रम श्रेष्ठलाई उत्त ऐतिहासिक पलमा सम्झेको थियो भने प्रत्येक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्ण कोरियाबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुप्रती आभार व्यक्त गरेको थियो। तेस्तै डोल्मा शेर्पाले छोटो मिठोरुपमा सम्पूर्ण नेपालीहरुको साथ पायेकोमा खुसी व्यक्त गर्दै आफू चाडै स्वास्थ हुनेमा बिस्वस्त रहेको कुरा जानकारि गराउनु भयेको थियो।
बिगतमा नेपाली बक्सिङ खेलाडी दिपक महर्जन, सेरफ गुरुङलाईपनी येसरिनै सहयोग गरेको सस्थाले नेपाल हाउस निमार्णकोलागीपनि विशेष सहयोग गरेको थियो भने भुकम्प पीडितहरुकोलागि विभिन्न चरणमा धेरै सहयोगहरु गरेको यस ईपीएस युथ नेपालले कोरियामात्र नभयेर नेपालमा रहेका मन जित्न सफल भयेको छ।सस्थाले हाल भने ७२ बर्सिय अपांग भुकम्प पिडित बाजेको लागि सहयोग जुटाईरहेको छ।
टिकट बिक्रीबाट ४३,८०,००० वन तथा अथितीहरुबाट ११,३३,००० वन जम्मा ५५,१३,००० वन संकलन भयेकोमा विभिन्न खर्चहरु कटायेर प्राप्त मुनाफा जम्मा ४३,२१,००० वन सहयोग गरिएको हो।

0 comments

Write Down Your Responses

-->