संबिधान जारी हुने पक्की भएपछि शेयर बजार उकालो लाग्दै
रमेश खावाजु
संबिधानसभामा नयाँ संबिधान जारी गर्ने पक्की भएपछि शेयर बजारमा विभिन्न कम्पनीको भाउमा पनि उकालो लागेको छ ।
सोमबार अधिकांश कम्पनीका शेयर मूल्य बढेका थियो भने दोश्रो बजारमा दिउसो १२ बजे शेयरको कारोबार सुरु भएको १५ मिनेटमा नै १५ अंकले बढेर नेप्से अंक १२०२ विन्दु पार गरेको थियो । वित्त र उत्पादन समूहमा बाहेक अन्य सबै समूहमा शेयरको मुल्य बढेको ठुलो तर बजार बन्द हुने समयसम्म आईपुग्दा नेप्से १०.१८ अंकले बढेर ११९४.११ रोकिएको छ । कारोबारमा आएकामध्ये अधिकांस समूहको समूहगत परिसूचकमा सकारात्मक रहेका छन । सबैभन्दा धेरै जलविद्युत समूहको परिसूचक ४० अंकले बढेको छ ।
गत आर्थिक बर्ष १ करोड ९५ लाख खुद मुनाफा आर्जन गरेको रिडी हाईड्रो पावरले ३५ प्रतिशत हकप्रद र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेपछि कम्पनीको मुल्य एककासी बढेर सोमबार अन्तिम मुल्य ४६० रुपैयामा कारोबार भएको थियॊ l निकै लामो समय देखी शेयर मुल्यमा गिरावटमा आएको चिलिमे हाइड्रो पावरको मुल्य पनि आइतबार ३१ रुपैंया तथा सोमबार ४० रुपैंया बढेको छ l
त्यसै गरि हामा मर्चेण्ट एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढि कमाएको छन ।यसको शेयर मुल्य दश प्रतिशत बढिले बढेको छ । त्यस्तै एपेक्स डिभलपमेन्ट, तिनाऊ डिपलमेन्ट, शुभेच्छा विकास बैंक, ज्योति विकास बैंक र सुप्रिम डिभलपमेन्ट बैंक कमाउनेको सूचीमा छन । सेति ,जानकी र सेन्ट्रल फाइनान्सका लगानीकर्ताहरु पनि कमाउनेको सूचीमा अग्रपंक्तिमा परेका छन ।
यता गुमाउनेको सूचीमा तारा गाऊ रीजेन्सी होटल , एक्सल डिभलपमेन्ट बैंक, ,भक्तपुर फाइनान्स, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, गुहेश्वरी फाइनान्स, इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स,हिमालयन डिष्टीलरी र लुम्बीनी फाइनान्स लगायतका कम्पनी परेका छन ।
सोमबार नेपाल इन्भेष्टमेन्ट बैंकका प्रोमोटोर शेयरको उच्च कारोबार भएको छ । जसको ५ करोडरुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एनआईसि एशिया, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड बढिको कारोबार भएको छ ।
कुमारी बैंक र नबिल बैंको संस्थापक शेयरको कारोबार पनि २ करोड बढिको भएको छ भने एन्भेयटमेन्ट, एनबीबी, प्राईम र एभरेष्टले पनि करोड बढिको कारोबार गरेका छन ।
यसदिन शेयरबजारमा १३५ कम्पनीका २ हजार ७ सय ४२ कारोबारबाट १० लाख ७९ हजार कित्ताशेयर ५७ करोड २६ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन ।

0 comments
Write Down Your Responses