बुसानमा काभ्रेली हरुको भेला सम्पन्न :-
कोरियाको दक्षिणी क्षेत्रमा रहेका काभ्रेलिहरुको एकता र सहकार्य बढाउने उद्देश्यका साथ सउल बाट आउनु भएका काभ्रे सम्पर्क समिति का अध्यक्ष गणेश तिमल्सिना बुसान क्षेत्र मै रहनु भएका उपाध्यक्ष रबि तिमल्सिना र सल्लाहकार हरिकृष्ण श्रेष्ठ को उपस्थितिमा त्यस क्षेत्रमा रहेका काभ्रेली हरुको छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो l उत्साहप्रद काभ्रेली हरुको उपस्थिति रहेको सो कार्यक्रममा अध्यक्ष गणेश तिमल्सिना ले समिति ले आफ्नो स्थापना कालपछि हालसम्म गरेका काम हरुको बारेमा प्रकाश पार्दै हालैको महाभुकम्पमा काभ्रे सम्पर्क समिती मार्फत सहयोग गर्नुहुने सम्पुर्ण काभ्रेबासी र गैह्र काभ्रेबासी नेपालीहरुप्रति हार्दिकता प्रकट गर्नु भएको थियो। आउदा दिनहरुमा यो एकतालाइ अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिदै सम्पुर्ण काभ्रेलीलाई एकता बद्ध भएर लाग्न तिमल्सिनाले अपिल समेत गर्नु भयो।
त्यस्तै NRN बुसान का अध्यक्ष मुकुन्द सापकोटा ले बुसान क्षेत्रमा पनि उल्लेख्य संख्यामा काभ्रेली हरु रहेको तर काभ्रे सम्पर्क समिति सउल केन्द्रित मात्र भएकोले अब उपरान्त बुसान क्षेत्रका साथीहरु पनि संगठित भै आफ्नो गृहजिल्लाको बिकाशमा सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो । सोही कार्यक्रममा दक्षिण कोरीयामा आफ्नो बैधानीक बसाइ अवधी पुरा गरी नेपाल फर्कन लाग्नु भएका संस्थाका सल्लाहकार श्री हरी कृष्ण श्रेष्ठलाइ सम्मान तथा विदाइ गरीएको थियो ।
भेलाले स्वस्तिक चौलागाईं को नेतृत्वमा मा ११ सदस्यीय तदर्थ समिती गठन गर्दै कोरियामा भै परि आउने समस्या लगायत नेपालको बिकासमा आफुले सक्दो टेवा पुर्याउने प्रतिबद्धता नवनिर्वाचित कार्यसमितिका पदाधिकारी ज्युहरुले व्यक्त गर्नु भएको थियो।
नव निर्वाचित अध्यक्ष चौलागाईंले चाडै नै साधारणसभा बस्ने ब्यबस्था गरि निर्बाचित कार्यसमिती गठन गराउने प्रतिबद्दता गर्नुहुदै किम्हे बुसान एरियामा हुनुभएका सम्पुर्ण काभ्रेबासी समक्ष सहयोगको लागि अपिल समेत गर्नु भएको थियो।समिति को उपाध्यक्ष मा सुलभ श्रेष्ठ र बिक्रम शाहि ठकुरी सचिब मा प्रकाश सापकोटा सहसचिब मा राम चौलागाइ रहनुभयेको छ .उत्तम लामीछाने कोषाध्यक्ष रहनुभएको समीतीको सदस्यमा बच्चु थापा , समीर लामा, विसभ काफ्ले, विश्व खड्का र सुदिप चौलागाई चुनीनु भएको छ ।
0 comments
Write Down Your Responses