नेपाल बिकाशमा प्रबाशी नेपालीहरुको साझेदारिता बिषयक कार्यशाला गोष्ठी कोरियामा सम्पन्न
कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया डट कम
१३ जुलाई २०१५
दक्षिण कोरिया
नेपाल बिकाशमा प्रबाशी नेपालीहरुको साझेदारिता बिषयक कार्यशाला गोष्ठी सम्पन्न, नेपालमा लगानी र विकासमा ठोस विषय र योजना सहितको कार्यपत्र आएन
नेपाल बिकाशमा प्रबाशी नेपालीहरुको साझेदारिता बिषयक कार्यशाला गोष्ठी कोरियाको राजधानी सौल
स्थित राष्ट्रिय सभाहलमा हिजो
आईतबार एक कार्यक्रम बीच सम्पन्न भएको छ l
नेपाली बिद्यार्थी समाज कोरिया (सोनसिक ) द्वारा आयोजना गरीएको सो
कार्यक्रममा सउल स्थित नेपाली दुताबास ,एन आर एन लगाएत अन्य सस्थाको संग्लनतामा
कोरियामा विभिन्न विश्वविद्यालयमा अध्यापन गर्दै आउनुभएका प्राध्यापक, विभिन्न विषयमा विद्यावारिधी गरिरहेका विद्यार्थीहरुले
आ-आफ्नो बिषय क्षेत्रमा आधारित रहेर
कार्यपत्र प्रस्तुती सहित धाराणा राखेका थिए l
प्रथम
चरणमा कोरियामा हासिल गरीएको ज्ञान ,सीप र
दक्षतालाई नेपालमा स्थानान्तरण गरिने
सम्बन्धमा क्युङ ही विश्वविद्यालयको
मेडिकल सेन्टरमा कार्यरत
न्यूरो सर्जन ह्दयेश प्रताप मल्लले कोरियाको स्वास्थ्य प्रणाली र आफुले कोरियामा
सिकेको कुरा आफ्नो कार्यपत्रमा प्रस्तुत गरेका थिए ।
सोहि चरणमा सौल नेशनल विश्वविद्यालयको
अन्तर्राष्ट्रिय आइटी पोलिसि पोग्रामका
रिसर्च प्राध्यापक डाक्टर शिशीर मानन्धरले नेपालमा नव प्रवर्तन प्रणालीको आवस्यकता र यसको स्थानान्तरणमा
ज्ञान र प्रविधिको भूमिका बारे प्रस्ट्याएका थिए ।
त्यस्तै गरी किमयुङ विश्वविद्यालयमा प्राध्यापाक रहनुभएका डाक्टर मधु सुदन आत्रेयले कोरियाको स्वास्य क्षेत्रमा प्राप्त गरेको अनुभवलाई जोड्दै स्वास्थ समानता बारेमा नेपालमा लागु गर्न सकिने र
आर्जित अनुभवलाई नेपालको स्वास्थ्य क्षेत्रमा लगाउदै स्तर बिकास विषयमा आफ्नो कार्यपत्र पेश गरेका थिए ।
अर्का बक्ता ग्लोबल बायोटेक इन्कर्पोरेसन ,मेदीटोक्स कोरियामा सिनियर रिसर्चरको रुपमा रहेका डाक्टर देबी बहादुर बस्नेतले सहाकार्य र समन्वयताको एकीकृत
शक्तिलाई जोड दिदै बिज्ञान प्रविधिको ग्लोबल बिकासमा नेपाली वैज्ञानिकहरुको
एकता र भूमिका बारेमा आफ्नो धाराणासहित
कार्यपत्र प्रस्तुत गरेका थिए l
दोश्रो चरणको नीति निर्माण अन्तर्गतको बिषय क्षेत्रमा ख्याङजु विश्वविद्यालयका
प्रोफेसर डाक्टर ठाकुर सुवेदीले नेपालको बिबिध क्षेत्र र विकासमा प्रवासी नेपालीहरुलाई
कसरी संग्लन गराई उत्तरदायित्व बहन गराउन
सकिन्छ भन्ने विषयलाई टड्कारो रुपमा उठाए ।
त्यसपछि नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका पुर्व सभापति तथा पत्रकार खेम कार्कीले सम्पूर्ण इपीएस मजदुरहरुको प्रतिनिधित्व गर्दै अब नेपालीले के गर्ने बिषय अन्तर्गत कोरियामा सिकेको ज्ञान ,सीप लाई कोरियाबाट फर्केर नेपाली कामदारले के के गर्न सक्छन र कुन कुन क्षेत्रमा आफ्नो ज्ञान सिप, अनुभवको सहि इच्छा अनुसारको सदुपयोग गर्न सक्छन भन्ने बारे धाराणा सहित सम्भावानाहरु आफ्नो कार्य -पत्रमा ब्यक्त गरेका थिए । कोरियामा आर्जन गरेको आर्थिक उपलब्धीलाई उत्पादन क्षेत्रमा र देश विकासमा लगाउन उनले सबै प्रवासी नेपालाीहरु लाई आग्रह गरेका थिए ।
अन्तमा खान्ग्वन विश्वबिध्यालयमा पिएचडी गरीरहनुभएका बलदेभ भट्टराईले नेपालको बिकासमा प्रबाशी नेपाली बिधार्थीहरुको भूमिका र हालसम्म सोनसिक कोरियाले गरेका योजना र सोनसिक सम्बन्धित बिषयहरु उठान गरेका थिए l
अन्तरक्रियामा वक्ताहरुले आफ्नो कार्यपत्र पेश गर्ने क्रममा र पेस गरी
सकेपछि पनि उपस्थित इपिएस मार्फत आएका कामदार, व्यापारी र विद्यार्थीहरु द्वारा सोधीएका प्रस्न हरुका सवाल जवाफ दिएका थिए l
सोलस्थित नेपाली राजदुतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले अन्तरक्रियामा
सहजकर्ताको भूमिका निर्बाह गर्दै सो अवधिमा उठान भएका बिषय र सवालहरुको समाधान तर्फ आफुले सक्दो पहल गर्ने बताएका थिए ।
कार्यक्रम को अन्तमा एक प्यानल समिति मार्फत उल्लेखित बिषयहरुमा प्रस्तुत
गरीएका कार्यपत्रहरुको अध्धयन,सुझाब
सहित निस्कर्ष सारंशमा प्रस्तुत गरीएको थियो भने उक्त सम्पूर्ण बिषयहरुलाई
समेटेर बिस्तृत रुपमा एक प्रतिबेदन सहित
निर्देशिका तयार पारी सोनसिक द्वारा सार्बजनिक गरिने र नेपाल सरकार समक्ष पनि पेस
गर्दै नेपालको राष्ट्रिय निती निर्माण तह सम्म पुर्याइने जनाईएको छ l
0 comments
Write Down Your Responses