स्याङ्जा परिवार दक्षिण कोरियाको राहत बितरण कार्यक्रम सम्पन्न

नोमराज गुरुङ् ,सउल –कोरिया । 
स्याङ्जा परिवार दक्षिण कोरियाले महा–भुकम्प पीडितको लागि सङ्कलन गरेको रहात बितरण कार्यक्रम सम्पन्न भएको छ ।

 गोर्खाको गाँखु र सौरापानी गा.वि.स.का ३ विद्यालयलाई जस्तापाता र जिल्ला दैविक प्रकोप रहात कोष स्याङ्जालाई नगद हस्तान्तरण गर्दै रहात बितरण कार्यक्रम सम्पन्न गरेको हो । उसले पहिलो चरणको रहात बितरण कार्यक्रम अन्र्तगत जुन १२ तारिखमा गोर्खाको गाँखु गाविस स्थित बैशाख १२ गतेको महाभुकम्पले क्षेतबिच्छेद भएका गाँखुका संसारी महेन्द्र उच्च मावि र हिमालय मावि र सौरापानी वडा नम्वर ८, रनचोकमा रहेको दुर्गा माविलाई शुक्रबार रहात स्वरुप जम्मा ५१ बण्डल जस्ता पाता बितरण गरिएको थियो । जिल्ला शिक्षा कार्यालय गोर्खासँग समन्वय गरी भौतिक संरचना ध्वस्त भएका ३ विद्यायलहरु दुर्गा माविलाई ८ फुटे २० बण्डल र नगद ५ हजार, संसारी महेन्द्र उच्च माविलाई १० फुटे १० बण्डल र हिमालय माविलाई ८ फुटे ७ बण्डल, ७ फुटे ७ बण्डल र ६ फुटे ६ बण्डल जस्ता पाता बितरण गरेको थियो । ३ विद्यालयहरु मध्य दुर्गा माविमा ४३१, संसारी महेन्द्र उच्च माविमा ४३५ र हिमालय माविमा २१५ विद्यार्थी अध्ययन गर्छन् । स्याङ्जा परिवार कोरिया नेपाल रहात बितरण टोलीका संयोजक सूर्य चन्द, स्याङ्जा परिवार दक्षिण कोरियाका संस्थापक अध्यक्ष छ्याम थापा, समाजसेवी लालबहादुर गुरुङ, पत्रकार गीता राना, कृष्ण गुरुङ् र विबेक गुरुङ्लगायतको टोली रहात बितरण पुगेका थिए । टोली टाटा भ्यान र महेन्द्र जीपमा लिएर गएको जस्तापाता सडक असुविधाका कारण विद्यालय परिसरमै पु¥याउन नसक्ने भएपछि रनचोक गाविस र गाँखु गाविसका तीनै विद्यालयका अभिभावकहरु ३ घण्टाको पैदल हिँडेर बेसीसम्म जस्ता बोक्न आईपुगेका थिए । भुकम्पले क्षतविच्छेद विद्यालयको लागि जस्तापाता लिएर जाने टोलीलाई अविभावकहरुले भब्य स्वागत समेत गरेका थिए । गृहजिल्ला स्याङ्जामा भने परिवारले जुन १८ तारिखमा जिल्ला दैविक प्रकोप रहात कोषमा नगद नै हस्तान्तरण गरेको छ । टोली संयोजक सुर्य चन्द, संस्थापक अध्यक्ष छ्याम थापा, सुमन आर्याल, बिष्णु ढकाल लगायतको उपस्थितिमा एक औपाचारिक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेलाई नगद ४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले गृहजिल्लामै रहातको लागि विदेशबाट पठाईएको रकमको सहि सदुपयोग हुने बताएका थिए । स्याङ्जा परिवार दक्षिण कोरियाले बैशाख १२ गते नेपालमा गएको मह–भुकम्प पीडितहरुको लागि १० लाख रुपैयाँ सङ्कलन गरेको थियो । सो मध्य ६० प्रतिशत रकम बराबरको जस्ता पाता गोर्खा र ४० प्रतिशत रकम गृह जिल्ला स्याङ्जामा हस्तान्तरण गरेको हो ।    




0 comments

Write Down Your Responses

-->