सेवाका नाममा नेपालीलाई कोरियामा नेपालीले नै ठग्दै

अर्जुन बराल 

२८ जुन २०१५
कोरिया

सोल – ‘दाई मेरो यो मोबाईल बन्द गर्नुपर्ने, हुँदैन भन्छ । नगरौ भने बिना उपयोग महिनै पिच्छे खाताबाट साठी हजार कोरियन वोनभन्दा बढी चार्ज काट्छ । म त साह्रै तनाबमा छु,’ भन्दै आजभन्दा डेढ बर्ष अगाडि रोजगार प्रक्रिया प्रणाली मार्फत दक्षिण कोरिया आएका दाङ लमहीका सुरेश रोका(नाम परिबर्तन) ले दुखेसो पोखे । त्यस्तै तनहँु भिमादका लक्षण दर्जीको पनि गुनासो समान छ ।
 तर मोबाईल प्रदायक कम्पनी सिजे हेल्लो मोबाईलमा प्रयोगकर्ता अरु कुनै ब्यक्तिको विवरण रजिस्टर भएका कारण समस्या भएको थाहा भएपछि यो सेवा लिने अधिकांश नेपाली युवायुवती झस्किएका छन् ।

 रोजगार प्रक्रिया प्रणाली मार्फत दक्षिण कोरिया आउने नेपाली युवायुवतीलाई कोरिया प्रबेश गरेको एकै हप्तामा हातमा मोबाईल उपलब्ध गराउने बहानामा भन्दै नेपालमा ईपियस कार्यालय वरपर बिचौलियाहरु सक्रिय छन् । उनीहरुले बिना शुल्क भर्न पाइने फर्मको माध्यमबाट दुई बर्षका लागि अनिबार्य प्रयोगमा ल्याउनुपर्ने सिजे मोबाइल नेपाली युवायुवतीलाई थमाउँछन् ।

 जसले गर्दा अहिले कोरियामा ठगिने नेपालीको संख्या ह्वात्तै बढेको छ् । मोबाईल अर्कैका नाममा दर्ता हुने प्रयोगकर्ताको बैंक खाताबाट अन्धाधुन्ध तरिकाबाट शुल्क काटिने गर्छ तर चाहेको खण्डमा मोबाईल बन्द गराउँन मिल्दैन । कोरियाको सञ्चारप्रणाली उपयोग ऐनमा अर्कै ब्यक्तिका नाममा मोबाईल उपयोग गर्नु कानुनबिपरित हुने र सजायको भागिदार समेत बन्ने प्राबधान रहेको जानकारी हुदाहुँदै पनि फाईदाका निम्ति नेपाली युवायुवतीलाई स्वयं नेपालीले नै ठगिरहेका छन् ।
 यसरी ठगिनेको संख्या पछिल्लो समय बढ्दै गएको हिमालय बिजिनेश लिंकका प्रबन्धक सुदिप कुमार श्रेष्ठ बताउँछन् । उनी कोरिया आउने नेपालीलाई यसरी फोनको बाहनामा ठगिनबाट बच्न शुरुमा नै सचेत हुन सुझाव दिन्छन् । 

0 comments

Write Down Your Responses

-->