एनसीसीको १५ औ अधिबेशनले प्रेम शाहको नेतृत्वमा नयाँ कार्य समिति चयन

नमस्ते नेपाल कोरिया सम्बादाता 
२९ जुन २०१५ 

दक्षिण कोरियाका सम्पूर्ण नेपाली संघसंस्थाहरुको छाता संघको रुपमा परिचित नेपाली सम्पर्क समिति (NCC) को यहि जुन २८ का दिन सम्पन्न १५ औं अधिवेशनले प्रेम कुमार शाहको अध्यक्षतामा १ जना सदस्य पछि मनोनित गर्ने गरी २१ सदस्यीय नयाँ कार्यकारिणी कमिटी गठन गरेको छ ।

 जसको उपाध्यक्षमा अन्जु केसी र जित बहादुर गुरुङ निर्वाचित भएका थिए भने भुवन कुमार बस्नेत (बुसान क्षेत्र) सर्वसम्मत उपाध्यक्षमा चयन भएका थिए । महासचिवमा शान्ति लामा त्यसैगरि दुई सचिव पदमा निर्वाचनबाट सुन्दर लिम्बु र सर्वसम्मतीबाट धर्मेन्द्र कुमार शाही (बुसान क्षेत्र) चयन भएका छन्  । 

कोषाध्यक्षमा कृष्ण बहादुर खडका, सह– कोषाध्यक्षमा ईश्वर क्षेत्री यसैगरी सदस्यहरुमा बिष्णु प्रसाद कंडेल, प्रकाश ढुंगाना, अवशेष चौधरी, अन्जन श्रेष्ठ, महेश ढकाल, सन्तोष प्रसाद दाहाल, किरण प्रकाश जिसी, प्रकाश बोहोरा, सन्तोष अधिकारी, राजु तामाङ र बिनोद राई सदस्यमा चयन भएका थिए ।

दुताबासका उपनियोग राजाराम बर्तौलाको प्रमुख आथित्यमा भएको उक्त अधिबेशनमा एनआरएन कोरियाका अध्यक्ष बिनोद कुवर , जनजाति महासंघ कोरियाका अध्यक्ष भक्त शेरचन , वोमन फर वोमनकी अध्यक्ष मल्लिका थकाली लगायत कोरिया रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु , बुद्धिजीवि , पत्रकार , बिद्यार्थी र अन्य पेशाकर्मीको उल्लेखीय उपस्थितिमा सउलको  एमटियु हलमा सम्पन्न  भएको थियो l

मतदान चलिरहदा  केहि  मतदाता परिचयपत्रहरु  च्यातिएको अवस्थामा  भेटिए पछि निर्बाचनमा धाधली भएको भन्दै अध्यक्षका दुई उमेदवार बालाराम पुन र शंकर बस्नेतले बहिष्कार गरेका थिए | अध्यक्षका प्रत्यासी बलराम पुन र शंकर बस्नेतले धाधली पूर्ण भएको निर्बाचन स्थगित गरेर पुन निर्बाचन गर्नु पर्ने माग राख्दै दिएको निबेदनलाई निर्बाचन मण्डलले अस्विकार गर्दै मतगणना गरिएको थियो |




0 comments

Write Down Your Responses

-->