korea
»
कोरियामा रहेका तथा फर्किएका यूवाहरूले नेपालमा सहकारी स्थापना गर्ने
कोरियामा रहेका तथा फर्किएका यूवाहरूले नेपालमा सहकारी स्थापना गर्ने
१२ जुन २०१५
काठमाण्डौ ।
कोरियामा रहेका तथा कोरियाबाट नेपालमा फर्किएका नेपालीहरूले नेपालमा सहकारी स्थापना गर्ने भएका छन् ।
आज काठमाण्डौमा भएको बृहत छलफल पछि उनिहरूले कोरियामा रहेका नेपालीहरूको लगानीमा सहकारी स्थापना गर्ने निर्णय गरेका हुन् ।
एन आर एन आई सी सी सदस्य तथा कोरियाका पुराना नेपाली व्यापारी केपी सिटौलाको संयोजकत्वमा भएको बृहत छलफलबाट यस्तो निर्णय गरिएको हो । सो भेलामा आफ्ना धारणा राख्दै सिटौलाले कोरियामा रहेका सबै नेपाली एकजुट भएर लागे एउटा वाणिज्य बैंक नै स्थापना गर्न समय नलाग्ने भन्दै नेपालको वातावरण हेरेर लगानी गर्नुपर्ने बताए ।
उनले सबै सकारात्मक तरिकाले अगाडी बढ्न सके कोरियाबाट फर्किएका यूवाहरूले नुमुना कार्य गर्न सक्ने बताउंदै यो अभियानलाई साथ र सद्भाव रहेको बताए । त्यस्तै एसियन मानव अधिकार मन्चका अध्यक्ष सिद्दीचन्द्र बरालले यूवाहरूको जोस र सक्रियता देखेर आफु उत्साहित भएको भन्दै आफुले सक्दो सहयोग गर्ने बताए । भेलामा उपस्थित सबैले सहकारी मार्फत कोरियामा रहेका नेपालीहरू मार्फत बिभिन्न ठुला परियोजना गर्ने बताएका थिए ।उनिहरूले कृर्षी ,साना तथा मझौला उधोग ,शिक्षा ,स्वास्थ लगायतका क्षेत्रमा लगानी गर्ने जानकारी दिए ।
कोरियाबाट फर्केका नेपालीहरूले सहज रूपमा कर्जा प्राप्त गरी लगानीको लागी उत्प्रेरीत गर्ने लक्ष्य रहेको बताएका छन् । पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष अशोक मैनालीले सबैले मिलेर अगाडी बढे धेरै ठुला -ठुला कार्य गर्न सकिने भन्दै सबै एक भएर लाग्नुपर्ने बताए ।
सो भेलाले तदर्थ समिती गठन गरेको छ । जसमा अध्यक्षमा कैलाश राई ,उपाध्यक्षमा पूर्ण बहादुर कुवंर ,सचिवमा सन्जय कुमार पन्त ,कोषाध्यक्षमा प्रलाद कार्की त्यस्तै सदस्यहरूमा कलम प्रसाद अर्याल ,सागर तामाडं् ,उदेश श्रेष्ठ ,शुदर्शन खतिवडा ,रामचन्द्र लामिछाने छन् ।
भेलाले कोरियामा रहेका बिभिन्न संघ संस्थामा आवद्द व्यक्तीहरूलाई सल्हाकारमा राखेको छ । सल्लाहाकारहरूमा रूद्र शर्मा,केपी सिटौला ,विनोंद कुवंर ,यज्ञराज सुवेदी ,अशोक मैनाली ,खेम कार्की ,लोचन राई ,बलराम पुन,चेत बहादुर बस्नेत ,नवराज सिवाकोटी ,गोविन्द गाउंले ,सागर न्यौपाने ,यम श्रेष्ठ ,लोक लामा ,रघु त्रिपाठी ,एल बि बिष्ट ,तेन्जी शेर्पा ,लक्ष्मण दाहाल ,गंगाराज राई,तेन्जिडं् शेर्पा,अरूण श्रेष्ठ ,सर्वजित शाह ,आस्थाविन्दु मल्ल,गणेश तिमल्सेना ,गणेश रिजाल ,मल्लिका थकाली,जुनु गुरूडं्,लक्ष्मी गुरूडं् ,राजु क्षेत्री ,रंजन कुवंर ,उदय राई ,भरत तुलाचन,मुक्ती केसी,लोक बानिंया ,राजेश लामा,करमान राई ,बुद्दी गुरूडं्,प्रेम शाह ,जितेन्द्र महता,ओम जुगजाली,दिपक पुन,राज संसार श्रेष्ठ राजन श्रेष्ठ,गंगा थापा श्रेष्ठ,यादव कुंवर ,नवराज बोहरा ,धरनीधर न्यौपाने ,हरि थपलिया,लोकनाथ खरेल,गोविन्द प्रसाद पाण्डे ,मनोज डांगी ,लिलु डुम्रे,राजेश चन्द्र जोशी ,गजेन्द्र भट्ट ,नविन शाही,नविन कार्की,नविण गुरूडं्,मधु महत,संगित बर्सिडं् थापा,टिका राई,दिनेश राई ,बिकास मोक्तान ,गान्धिव सुवेदी,किशोर कोईराला,राजेन्द्र श्रेष्ठ,भक्त शेरचन,टेक थापा मगर,शुसिल गाहा मगर,पुर्ण थापा मगर,एल बि श्रेष्ठ ,रमेश खवाजु,रघु त्रिपाठी ,केपी चौलागाई,कृष्ण गुरूडं्(ब्रो तमु),दुर्लभ पोखरेल,बिशाल गहतराज,देवेन्द्र सम्बाहाम्फे,अर्जुन बराल,आनन्द कोईराला,श्याम खड्का,दिनेश कायस्त,दिनेश हिराचन ,सज्जन कुमार सिंह,उमेश राई,तारा केसी,शुक बहादुर थापा, प्रकाश वली,यादव अर्याल ,नेत्र पौडेल,अमृत राई,कृष्ण अधिकारी,हरि खनाल,प्रितम गुरूडं् सन्ध्या बुद्दाचार्य,उमेश बस्नेत रविन तामाडं्,जिवी लामा लगायतका छन्
Labels:
korea
0 comments
Write Down Your Responses