नमस्ते नेपाल कोरिया सम्बादाता ,दक्षिण कोरिया ।
३० जुन २०१५
नेपाल भुकम्प पिडितको सहयोगको लागि एन आर एन कोरियालाई ६० लाख ७० हजार सहयोग प्राप्त भएको छ । सुवन युनिभर्सिटीका प्रोफेसर सिद्धार्थ पाण्डेको पहलमा नेपालमा भुकम्प पिडितको सहयोगार्थ सो रकम प्राप्त भएको छ । यो सहयोगले आफूहरु अन्यन्तै उत्साहित भएको एन आर एन कोरिया तथा सपोर्ट नेपाल फाउन्डेशनका अध्यक्ष विनोद कुँवरले जानकारी दिएका छन ।
नेपालमा भुकम्प पिडितको सहयोगार्थ कोरियाबाट एनआरएनए कोरिया , सपोर्ट नेपाल फाउन्डेशन , योंग स्टार फाउन्डेशन लगायतले संयुक्त रुपमा काम गरिरहेका छन ।
मर्सका कारण केही समय बसेर सार्वजनिक कार्यक्रम गर्न नपाए पनि भुकम्प पिडितको दिर्घकालीन सहयोगको लागि समेत तयारी भईरहेको बताइएको छ । कोरियामा संयुक्त अभियानका कारण सपोर्ट नेपाल,एन आर एन कोरिया मार्फत सहयोग रकम दुतावास पछि नेपाली समुदायले धेरै सहयोग संकलन गरेको छन ।
0 comments
Write Down Your Responses