आज फेरी मेरो देशमा - नाटक
आज फेरी मेरो देशमा....: - नाटक
कविता- "नाटक"
.........................
आज फेरी मेरो देशमा
सदाको झैँ नाटक मञ्चन् भएछ
फरक कथामा
स्थान फरक
उही कलाकारहरु
म नतमस्तक एउटा दर्शक
.................................
लाग्छ मेरो देश
नाटकहरुको देश हो
यहाँ कलाकारहरु
कलाबिनाको नाटक खेलिरहन्छन्
दर्शक स्वादबिनाको
चाख लिइरहनु पर्ने छ.
...................................
पर्दा अगाडिको दृश्य
पर्दा पछाडिको दृश्य
पात्र उही छ
चरित्र फरक पक्कै छैन होला
ओ नेपाल आमा
कति सहन्छेउ ?
नाटक ...!!!
:- डोलु आले मगर [हाल -कोरिया ]
06 ,June - 2015
0 comments
Write Down Your Responses