कोरियाले सिटौलालाई यसरि सम्मान गर्यो



कोरियामा रहेको नेपाली समाजमा सहयोगी र कोरियन सरकारका लागि प्रवासी मजदूरहरुको सन्र्दभमा एउटा गतिलो पाठ


३ जुन  , २०१५ 
कोरिया l 
गत बैशाखमा गएको विनाशकारी भूकम्पले देशको भौतिक संरचनालाई खण्डहर मात्र बनाएन लाखौँ नेपालीलाई घरबार बिहीन बनायो | यस्तो अवस्था सिर्जना भएपछि सरकारले अन्तरष्ट्रिय जगतसंग सहयोगका लागि आह्वान गर्यो |

 बिभिन्न देशमा रहेका कूटनीतिक नियोगहरुलाई परिचालन गर्यो | सोलमा रहेका नेपाली दूताबासले पनि राहत कोष खडा गरेर सहयोग आह्वान गर्यो | सरकारी स्तर र कुटनीतिक स्तरमा दूताबासले खेलेको भूमिका महत्वपूर्ण रहंदारहँदै पर्याप्त भने थिएन | यस्तो अवस्थामा सबै संघसंस्था र व्यक्तिहरुले आ-आफ्नै क्षेत्रबाट पहल गरे | यहाँबाट सहयोग संकलन गर्न कोरियाली  संचार जगतले  महत्वपूर्ण भूमिका निर्बाह गरे | 

यो भूमिकामा मुख्य भूमिका भने एनआरएनका पूर्ब अध्यक्ष केपी सिटौलाले गरे |   कोरियाली टिभी प्रसारणमा सिटौलालाई प्राय हरेक दिन हेर्न पाइन्थ्यो | उनि  नेपालको वास्तविक अवस्थालाई राम्ररी बुझाउने प्रयास गर्थे  | अझै उनि कहिले नेपालबारे जानकारी लिन चाहाने म्यागाजीन पत्रकारहरुलाई केही बताइरहेको हुन्छन् भने कहिले नेपाली जनजीबनको पछिल्लो अवस्थाबारे टेलिभिजनका क्यामेरा पर्सनहरुसंग संगै हिडिरहेका हुन्छन । कहिले टेलीभिजन प्रसारण केन्द्रतिर दौडिरहेका हुन्छन् त कहिले नेपालको पर्यटनबारे ब्याख्या गरिरहेका हुन्छन् ।

 जता गएर जस्लाई अन्तर्वार्ता  दिए पनि ‘नमस्तेरो सिजाक हाकेस्मीदा (नमस्कारबाट शुरु गर्छु ) भन्छन |   सिटौलाले पद र ओहदाभन्दा माथि उठेर कोरियाली संचार क्षेत्रमासम्म नेपालीहरुको वास्तविक पीडा पुर्याउन सकेकोमा धन्यवादका पात्र बनेका छन् | उनले आफ्नै नीजी प्रयासबाट पनि करोडौं रुपैयाँ संकलन गरेका छन् | सिटौलाले काम गर्नलाई पद वा ओहदा चाहिंदैन भन्ने राम्रो दृष्टान्त दिएका छन् | 

अहिले उनि एनआरएन आइसीसी सदस्य हुन् | उनले पद र स्वार्थ भन्दा माथि उठेर काम गरेका छन्  |   निस्वार्थ समाजसेवामा लागि रहने  सिटौलाको आफ्नै जिबन कहानी छ |कोरिया उनि आफ्नै बाध्यताले आएक हुन्  |२०४६ सालको जनआन्दोलनको सफलताबाट हौसिएका उनलाई देशमा ठूलै कायपलट हुन्छ भन्ने लागेको थियो तर दुईबर्ष बितिसक्दा पनि सोचे अनुसारको देशले छलाङ नमारेपछि एकहुल साथीहरुसंग अराइभल भीषमा कोरिया छिरेका सिटौलाले दुइ दशकको अवधीमा अनेक आरोह अबरोह पार गरे  । 

  उनले मजदूरीदेखि कोरियाको आर्थीक बिकासमा महत्वपूर्ण भूमीका निर्वाह गरेको टेक्सटायल क्षेत्रको डिजाइनी सिकेर नेपालमा केहि गर्ने यौजना बनाए । त्यसपछि उनले सन्१९९६ देखि  २०००सम्म कोरियाको चर्चित लासारा फेशन डिजाइन एकेडेमीमा सफलतापूर्वक मल्टिपल कोर्ष पूरा गरे ।

 त्यसपछि कोरियाका सामङ  र कलन ग्रुपसंग मिलेर नेपालमा एक हजार जनशक्ति खपत हुने टेक्सटायल उधोग संचालन गर्ने योजना भयो । जस अनुसार  सिटौलाले कोरियन टोली लिएर सम्भाब्यता अध्ययन गर्न नेपाल गएका थिए । तर उनको सपना साकार हुन सकेन । त्यसकोदोष उनी नेपालको अस्थिर राजनीतिलाई दिन्छन्। कोरियन लगानीकर्ताहरुले लगानीको असुरक्षा देखेपछि उनको योजना असफल भयो ।

 उनी भन्छन्‘हालसम्म पनि नेपालको आफ्नो फेशन ब्राण्ड नहुनु साह्रै दुख लाग्दो कुरा हो | ’   सोचे अनुसारको योजना सफल नभएपछि सिटौला कोरिया फर्केर पर्यटन क्षेत्रमा लागे ।

 शुरुमा आरएनएसीको स्थानीय म्यानेजर भएर काम गरेको केहि महिना मै उनले आफ्नो नीजि येश हिमालय प्रा ली को रुपमा स्थापना गरे जस्लाई २००२बाट नेपाल टुर कम्पनी लिमिटेड बनाएर हालसम्म काम गरिरहेको अबस्थामा छ ।

  सिटौला २००२देखि हालसम्म नेपाल पर्यटन बोर्डको कोरियाको अबैतनिक प्रतिनीधि पनि हुन् । यही पर्यटन क्षेत्रमा लागेपछि कोरियाका बिभिन्नस्तरका नागरिकसग उनको संगत बढ्दै गयो । कोरियामा हुने पर्यटन सम्बन्धी सेमिनारहरु र सांस्कृतिक कार्यक्रमहरुमा नेपालको तर्फबाट सहभागिता जनाउदै गए  । 

त्यो भन्दा महत्वपूर्ण काम उनले के गरे भने हरेक बर्ष सोल महानगरपालिकाले आयोजना गर्ने ‘हाई सोल फेष्टिभल’मा लगातार नौ बर्षसम्म नेपाली कला,संस्कृतिको प्रदशनी गरे ।

 सिटौलाको यी सानासाना प्रयासहरुले जनस्तरमा नेपाल र कोरियाको सम्बन्ध प्रगाढ हुन्दै गयो भने ब्यक्तिगतरुपमा  उनको कोरियाली अधिकारीहरुसंग सम्पर्क संजाल फैलदै गयो । 

  त्यतिखेर यहाँ नेपाली राजदूताबास स्थापना भएको थिएन तर पनि बिभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुसंग व्याबहारिक र कानुनी समस्याहरु सयौं थिए । त्यस्तो अवस्थामा सन्१९९३ मा स्थापना गरिएको नेपाली सम्पर्क समिति मार्फत र कोरियाका माइग्रेन्ट यूनियनहरुको सहयोगमा आपत परेका नेपालीहरुलाई भरमग्दूर सहयोग गरेका सिटौलाले कोरियन भाषा नजानेकै आधारमा  मानसिक सन्तुलन गुमाएको भन्दै मानसिक अस्पतालमा छ बर्षसम्म बन्देज गरिएकी कास्की किम्जेकी चन्द्रा गुरुङको रिहाईका लागि महत्वपूर्ण भूमिका निर्वाह पनि गरेका थिए ।

 सज्जन चन्द्रालाई मानसिक सन्तुलन गुमाएको भन्दै छ-छ बर्षसम्म मानसिक अस्पतालमा राखेर सजाय दिने कोरियन सरकार बिरुद्ध सिटौलाले मुद्धा हालेर बिजय पनि प्राप्त गरे भने चन्द्रलाई तात्कालीन सरकारबाट क्षतिपूर्ति दिलाउन उनले ठूलो सहयोग गरेका थिए ।   चन्द्राको कानुनी बिजय प्रवासी मजदूरहरुका निम्ति र कोरियाका शासक प्रशासकहरुका लागि एउटा नजीर बन्न पुग्यो ।

 कोरियामा रहेको नेपाली समाजमा सहयोगी र कोरियन सरकारका लागि प्रवासी मजदूरहरुको सन्र्दभमा एउटा गतिलो पाठ सिकाएका सिटौलालाई कोरिया सरकारले आफ्नो पाचासौं राष्ट्रिय स्वतन्त्रता दिवशको अवसर पारेर सन् २००९मा बिशेष सम्मान सहित मानार्थ नागरिकता प्रदान गर्यो ।



कोरियाको होनेरेरि सिटीजन बुकमा नाम लेखाउने सिटौला नेपालका प्रथम र दक्षिण एशिायाका चौथा बन्न पुगे । मानार्थ नागरिकता प्राप्त ब्यक्तिलाई कोरियामा कुटनीतिक नियोग प्रमुख सरहको सम्मान रहने गर्दछ । 

  पछिल्लो समय उनि संयुक्त राष्ट्र संघीय वातारण कार्यक्रम (युएनईपी) कोरियाले उनलाई अन्तर्राष्ट्रिय सदभावना दूतमा समेत नियुक्त गरेको छ । नेपाली नागरिकलाई पहिलो पटक कोरियाले नियुक्त गरेको हो |   बिसं २०२५सालमा तेह्रथुम आठराईमा जन्मिएर सरस्वती मा.बि हापाङ तालेजुङ,भद्रकाली मा.बि कोहबरा झापा,दमक बहुमुखी क्यापस हुदै शंकरदेव क्याम्पस काठमाण्डौसम्म पुग्दा बीकमसम्मको पढाईगुनाइ सिध्याएका सिटौला कोरिया सरकारले  गरेको आफनो सम्मानलाई  राष्ट्रको सम्मान ठानेका छन् । 


  बिगत २३  बर्षदेखि  कोरियाको आर्थीक बिकास,सामाजिक उन्नति,बिज्ञान प्रबिधीको तहल्का र जनताको राष्ट्रप्रेमलाई नजिकबाट नियाली रहेका  सिटौला कोरियाबाट नेपाली जनताले धेरै पाठ सिक्नु जरुरी रहेको बताउन्छन्।कोरियान  सरकारदेखि नागरिकसम्मको नेपालबारे चासो बढी रहेको बताउदै उनी भन्छन्‘ देशमा राजनीतिक स्थीरता, लगानीको सुरक्षा  र सुचारु बिधुत आपूर्तिहुन सके कोरियाका धेरै लगानीकर्ताहरु नेपालमा लगानी गर्न तयार छन्। ’ 
- फोनिज कोरिया 

0 comments

Write Down Your Responses

-->