भन्छे यार र कुट्या छैन हजुर
राम प्रसाद पाण्डे (रा.प्र.पा.) |
मल बोकेर रोडको खेतमा लान्न भन्छे यार......
आज सम्म एउटा मान्छे कुट्या छैन हजुर
रा.प्रा.पा. बिशेष संग्रह :- भन्छे यार र हजुर
गाउको रोटि , चिया संग खान्न भन्छे यार
पानी बोकी खाना बनाई भाडा माझ्नु पर्ने अरे
गाह्रो हुन्छ एक्लै घर धान्न भन्छे यार !
आफन्तको सेवा गर्दै दिन काट्नु पर्ने
टेन्सन लाग्छ तिम्रो सस्कार मनमा भन्छे यार
खोई कसरी मनाउ अब त्यो दिलवालीलाई
जे गरेनी यो राम सग जान्न भन्छे यार !!
अस्ति आयौ नबिर्सनि गुन लाएर गयौ
हिजो आयौ पैसा माग्यौ सुन लाएर गयौ ..
भन्थ्यौ राम खान्थ्यौ कसम जहिले संगै बसम
आज मुटु चिरा पारी नुन लाएर गयौ ...!!!
आज सम्म एउटा मान्छे कुट्या छैन हजुर
कालो धन्दा गर्न तिर जुट्या छैन हजुर
नाम मात्रै रा.प्र.पा.हो काम तेस्तो छैन है
धरोधर्म राजनीतिमा उठ्या छैन हजुर !!!
-रामोस (रा.प्रा.पा.)मुक्त संग्रह बाट
(१३ ,जुन २०१५ )
0 comments
Write Down Your Responses