नेपाल हाउसका लागि ख्वंग्जुमा सहयोग संकलन अभियान शुरु

राजु श्री ,कोरिया 
नेपाल हाउसका लागि ख्वंग्जुमा सहयोग संकलन अभियान शुरु गरिएको छ । अभियान स्वरुप पहिलो दिनमै १० लाख कोरियन वन भन्दा बढि संकलन गरिएको छ ।

कोरियाको राजधानी सउल बाट झन्डै ४ सय किलोमिटर टाढा रहेको ख्वंग्जु मा आज नेपाल हाउस निर्माण सहयोगार्थ स्वरुप बिशेष कार्यक्रमको आयोजना गरि उक्त अभियान शुरु गरिएको हो । नेपाल सामुदायिक समिति ख्वंग्जुको सहकार्यमा अनुग्रह मण्डलीको हलमा भएको उक्त कार्यक्रममा नेपाली राजदुताबास दक्षिण कोरियाका श्रम शहचारी अनिल गुरुङको प्रमुख उपस्थित रहेको थियो । कार्यक्रममा एनआरएन कोरिया अध्यक्ष बिनोद कुँवर , समाजसेबी तथा ब्यबसायी रुद्र शर्मा , अनुग्रह मण्डलीका सस्थापक बाकुल दैमारी लगायत अन्य क्षेत्रिय तदर्थ समितिका पदाधिकारी हरुको पनि उपस्थित रहेको थियो । कार्यक्रममा मोक्पोबाट मोक्पो चौतारीका सदस्यहरु तथा गुन्सान क्षेत्रका नेपालीहरुले समेत सहभागिता जनाएका थिए ।
ख्वंग्जुका प्रखर बक्ता तथा एन आरएन क्षेत्रिय सचिब प्रकाश रेग्मीले संचालन गर्नुभएको उक्त कार्यक्रममा नेपाल सामुदायिक समिति ख्वंग्जु का प्रथम उपाध्यक्ष सन्तोष पराजुलीको सभापतित्वमा एनआरएन ख्वंग्जु संयोजक श्री खनालले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कोरियामा नेपालीहरुको सस्कृति र पहिचान झल्किने तथा नेपालीहरुलाई कुनै दुख बिपत पर्दा आश्रय दिलाउने उदेश्यले नेपाल हाउस निर्माण का लागि गर्न लागिएको यो महामेलालाई सबैले सहयोग गर्न एन आरएन अध्यक्ष बिनोद कुँवरले आग्रह गर्नुभयो । कार्यक्रममा नेपालीहरुको ठुलो दिलका कारण कोरियामा धेरै सहयोग र समाजसेवा मुलक कार्यहरु भैसकेकाले नेपाल हाउस निर्माण सहयोगार्थ कार्यक्रम पनि दिलदार नेपाली दाजु भाइ दिदि बैनीहरुका सहयोगबाट सफल हुने दाबी अनिल गुरुङले गर्नु भयो । साथै एनआरएन संरक्षक रुद्र शर्माले ख्वंग्जु मा रहेका नेपालीहरु को सहयोगी र एकताको उच्च प्रसंसा गर्दै सहयोगी हातहरु अगाडी बढाउन आग्रह गर्नुभयो ।
झन्डै १०० जना नेपाली हरुको उपस्थित रहेको उक्त कार्यक्रममा कार्यक्रम स्थल मै नेपाल हाउस निर्माण का लागि स्वत स्फुर्त रुपमा सहयोग रकम उठेको थियो । कार्यक्रममा १० लाख कोरियन वन भन्दा बढि संकलन भैसकेको र अझै धेरै सहयोग रकम उठ्ने नेपाल सामुदायिक समिति ख्वंग्जु का अध्यक्ष टेकेन्द्र बिष्टले बताउनु भएको छ ।
प्रबासी भूमिमा आफ्नै नेपाली पन र सास्कृतिक झल्कने हाम्रो आफ्नै घर बन्न लाग्दा आफु धेरै खुसि भएको एनआरएन क्षेत्रिय संयोजक श्री खनाल ले बताउनु भयो ।

0 comments

Write Down Your Responses

-->