स्याङ्जालीहरुको बृहत भेला तथा रात्रीभोजमा शर्मा र माझीलाई सम्मान गरिने

नोमराज  गुरुङ ,कोरिया 
फेब्रुरी–८, सोल कोरिया ।
अगामी सालनालको दोस्रो दिन फेब्रुअरी १९ तारिखमा आयोजना हुने ‘बृहत स्याङ्जाली भेला तथा रात्रीभोज’ कार्यक्रममा स्याङ्जाली कालकार द्धोय पशुपति शर्मा र बिष्णु माझीलाई सम्मान गरिने भएको छ ।

स्याङ्जा परिवार दक्षिण कोरियाले लोकादोहोरी फाँटमा शर्मा र माझीले स्याङ्जालीकै नाम उच्च बनाएको भन्दै सम्मान गर्न लागेको हो । कलाकार द्धोय शर्मा र माझीलाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिने कार्यक्रम तय भएको परिवारका अध्यक्ष धर्म गुरुङ्ले जानकारी दिए ।

कोरियाली चाड सालनालको अवसरमा १८ तारिखका दिन किराँत याक्थुङ् चुम्लुङ्ले आयोजना गर्न लागेको श्रीजंगा सांस्कृतिक कार्यक्रम भाग–३, मा पशुपति शर्मा कोरिया आउँदैछन् भने १९ तारिखका दिन नेपाल हाउस व्यवस्थापन समितिले आयोजना गर्न लागेको सांगीतिक महामेलामा बिष्णु माझी कोरिया आउँदैछिन् ।

सोही अवसर पारेर स्याङ्जा परिवार दक्षिण कोरियाले कलाकार द्धोयलाई स्याङ्जाली बृहत भेला तथा रात्रीभोजमा सम्मानको लागि निम्तो दिन लागेको हो । भेलामा कलाकार द्धोयलाई सम्मान गर्नको लागि दुबै कार्यक्रमको आयोजकसँग कुराकानी भैसकेको अध्यक्ष गुरुङ्ले जानकारी दिए ।

अध्यक्ष गुरुङ्को अनुसार दोङ्देमुन मिलीओरेजम स्थित ‘चिकन एण्ड बीयर’ कोरियन रेष्टुरेण्टको हलमा सो भेला हुने भएको छ । भेलामा बढि भन्दा बढि स्याङ्जालीहरुको उपस्थिती गराउने हेतुले परिवारका उपाध्यक्ष यम गुरुङ्लाई सदस्यता बितरणको जिम्मा दिईएको छ । उपाध्यक्ष गुरुङ्को अनुसार हालसम्म डेढ सय जनाले स्याङ्जा परिवार दक्षिण कोरियाको साधारण सदस्यता लिईसकेको छ भने सदस्यता बितरणको क्रम जारी छ ।

त्यस्तै भेलाको लागि विभिन्न संघ–संस्था तथा शुभचिन्तकहरुलाई पत्राचार तथा निम्तो बाँड्ने जिम्मेवारी सचिव कुमार थापालाई दिईएको छ । सचिव थापाले निमन्त्रणा तथा प्रचार प्रसार कार्यक्रम सकिएको जानककारी दिए ।

भेलामा सम्पूर्ण स्याङ्जालीहरुबीच परिचयात्मक कार्यक्रम एवं रात्रीभोजको व्यवस्था गरिएकोले सम्पूर्ण प्रवासी स्याङ्जालीहरुलाई उपस्थित भईदिनुहुन अनुरोध समेत गरिएको छ ।


0 comments

Write Down Your Responses

-->