सुदूरपश्चिम समाजको नवौं साधारणसभा सम्पन्न ,अध्यक्षमा जीतेन्द्र महत
नमस्ते नेपाल कोरिया संवाददाता
सुदूरपश्चिम समाज दक्षिण कोरियाको नवौं साधारण सभा " मानवता र भाईचारा हाम्रो आवाज, सेवा र सहयोगका लागि सुदूरपश्चिम समाज" भन्ने मूल नाराका साथ सौलस्थित नेपाल हाउसमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
सर्वसम्मतरुपमा चयन भएको नयाँ कार्य समितिको अध्यक्षमा जीतेन्द्र महता, उपाध्यक्षहरुमा क्रमशः टंक रेग्मी, सुबास सिंह,लालबहादुर साउद, र चक्र बिष्ट ( बुसान क्षेत्र बाट) , सचिवमा कमलबहादुर शाही, सह- सचिव पदमराज भट्ट , कोषाध्यक्षमा गोपिन्द्र कुमार कठायत, सदस्यहरुमा प्रविन चटौत, मदन विष्ट, प्रेम ब. चौधरी,प्रकाश चन्द, सन्तोष स्वर्णकार, मदन बम, रबिन्द्र रोकाया, हतिश बम, यज्ञराज जोशी र नवराज मल्ल रहेका छन् ।नवौं साधारणसभा संस्थाका अध्यक्ष प्रेम कुमार शाहको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष धर्मराज जोशीले राखेका थिए । त्यसै गरि लालबहादुर साउद, जनक सिंह धामी, सुरेन्द्र भण्डारी, सुभाष कुमार हमाल, डा. अग्नीराज कोईराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कोरियामा रहेका सुदूरपश्चिमेलीहरुको उल्लेख्य सहभागीता रहेको सभामा संस्थाको वार्षिक प्रतिवेदन जीतेन्द्र महताले र आर्थिक प्रतिवेदन टंक रेग्मीले प्रस्तुत गरेका थिए । प्रमुख अतिथि डा. अग्नीराज कोईरालाद्वारा दीप प्रज्वलित गरि उद्घाटन गरिएको कार्यक्रममा पूर्व अध्यक्षहरु सुभाष हमाल, दिलिप रावल, सल्लाहकार नवीन कार्की, संस्थापक सदस्य गोविन्द रावल, ईग्सान शाखाका पूर्व अध्यक्ष पुरन नाथ, संस्थाका भलिबल टीम क्याप्टेन कमल सिंह लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । नव निर्वाचित अध्यक्ष जीतेन्द्र महताले संस्थालाई जीवन्त र ऊर्जावान संस्थाको रुपमा परिणत गर्न आफू लागि पर्ने बताउदै सबैबाट सक्दो सहयोग हुने विश्वास व्यक्त गरि अध्यक्षजस्तो गरिमामय पदमा निर्वाचित गरेकोमा सम्पूर्ण सुदूरपश्चिम बासीहरुमा आभार एवं धन्यवाद व्यक्त गर्नु भएको थियो ।नव निर्वाचित कार्य समितिलाई डा. अग्नीराज कोईरालाले पद तथा गोपनियताको सपथ ग्रहण गराए पश्चात कार्यक्रम समापन भएको थियो ।

0 comments
Write Down Your Responses