युएनईपी कोरियाको सदभावना दूतमा नेपाली
देवेन्द्र सम्बाहाम्फे ,कोरिया
संयुक्त राष्ट्र संघीय वातारण कार्यक्रम (युएनईपी) कोरियाले नेपाली नागरिकलाई पहिलो पटक सदभावना दूतमा नियुक्त गरेको छ ।
उसले गत शनिबार बिशेष कार्यक्रम आयोजना गरि केपी सिटौलालाई अन्तर्राष्ट्रिय सदभावना दूतमा नियुक्त गरेको हो । सिटौला नेपाल पर्यटन बोर्डको कोरिया प्रतिनिधि र एनआरएन आइसीसी सदस्य हुन् ।
शनिबार सोल किया मोटरको प्रमोसन कार्यालयमा भएको कार्यक्रममा सिटौलालाई युएनईपी कोरियाका महासचिब किम जे बमले सद्भावना दूतको प्रमाण्ा पत्र प्रदान गरेका थिए । उनलाई इन्भारमनेट एप्रोप्रिएट टेक्नोलोजीमा योगदान पुर्याए बापत सो दूतमा नियुक्त गरिएको हो ।
युएनईपी कोरियाले गत जनवरी १९-२६ सम्म कास्की लेखनाथ नगरपालिका-१० मा वातावरण सम्बन्धी कार्यक्रम संचालन गरेको थियो । सो कार्यक्रम संचालनमा सिटौलाले बिशेष भूमिका निर्वाह गरेका थिए । कोरियाको समाज सेवामा अग्रस्थानमा रहेका सिटौला कोरियन सरकारद्धारा मानार्थ नागरिकता पाउने पहिलो नेपाली हुन् ।
उनकै सकृयतामा झापाको कोहबरा गाबिसका भद्रकाली उच्चमा बिमा ८० जना र जनता प्राविमा २० जना पिछडिएका, गरिब तथा जेहेन्दार बिद्यार्थीले मासिक १ हजार रुपैयाँको दरले छात्रवृति पाउँदै आएका छन् । आउँदो बैशाखदेखि जनज्योति माबिका २० बिद्यार्थीलाई छात्रवृत्ती दिइने सिटौलाले बताए । उक्त बिद्यालयहरुमा ८० वटा कम्प्युटर प्रदान गरेर कम्प्युटर शिक्षा संचालन समेत गरिएको छ ।

0 comments
Write Down Your Responses