कोरियामा नेपाली जनसम्पर्क समितिद्वारा अपिल
नमस्ते नेपाल कोरिया संवाददाता
नेपाली काँग्रेसको दक्षिण कोरियास्थित भातृसंगठन नेपाली जनसम्पर्क समितिले दीर्घकालिन नेपाल हाउस सन्चालनका लागि सलनालमा हुने कार्यक्रमलाई सफल पार्न अपिल गरेको छ ।
एक सुचना जारी गर्दै नेपाल हाउसका लागि ११ लाख कोरियन वन सहयोगको घोषणासहित कोरियामा रहेका सम्पूर्ण क्रियाशील संघसंस्था, व्यवसायी, बुद्धिजीवी, समाजसेवी, पत्रकार तथा विभिन्न पेशाका व्यक्तिहरु लगायत कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गरेको हो ।
समितिद्वारा जारी सुचना यस्तो छ ।
दीर्घकालिन रुपमा नेपाल हाउस सन्चालनका लागि नेपाल हाउस व्यवस्थापन समिति मार्फत भइरहेको प्रयासको सह्राहना गर्दै नेपाली काँग्रेस प्रवास भातृसंगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले यो प्रयासलाई सार्थक तुल्याउनका लागि ११ लाख कोरियन वन सहयोग गर्ने निर्णय गरेको छ । हाल सन्चालनमा रहेको नेपाल हाउसका लागि समितिले ५ लाख कोरियन वन सहयोग गरेको थियो । पछिल्लो समय नेपाल हाउसलाई सहयोग पुर्याउनका लागि कोरियामा रहेका नेपालीहरुले स्वतस्फूर्त रुपमा जनाएको उत्साहजनक सहभागीताले दीर्घकालिन नेपाल हाउसको परिकल्पना अब छिट्टै यथार्थमा परिणत हुने देखिएको छ ।
जनसम्पर्क समितिका सदस्यहरुले व्यक्तिगत रुपमा समेत पुर्याइरहेको सहयोगको सह्राहना गर्दै सहयोग गर्न बाँकी सदस्यहरुलाई पनि यसमा हातेमालो गर्न अनुरोध गर्दछ । राजनीतिक दलको भातृसंगठन भएतापनि जनसम्पर्क समितिले कोरियामा आपत विपत परेको अवस्थामा नेपालीहरुलाई सहयोग गर्दै आइरहेको र नेपालमा पनि विभिन्न समयमा आपतकालिन सहयोग तथा परोपकारी कार्य गर्दै आइरहेको छ । यसअघि सिन्धुपाल्चोक पहिरो पिडितका लागि रु.१ लाख, ब्लडक्यान्सर पिडितका लागि रु.७६ हजार, पत्रकार तथा संगितकार सूर्य कुमार क्षेत्रीलाई रु.१ लाख लगायत विभिन्न ठाउँमा सहयोग गर्दै आएको कुरा स्मरण गराउन चाहान्छौं ।
सलनालको कार्यक्रम पनि नजिकिदै गइरहेको अवस्थामा सो कार्यक्रमलाई भव्य रुपमा सफल बनाउनका लागि कोरियामा रहेका सम्पूर्ण क्रियाशील संघसंस्था, व्यवसायी, बुद्धिजीवी, समाजसेवी, पत्रकार, विभिन्न पेशाका व्यक्तिहरु तथा कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु समक्ष जनसम्पर्क समिति हार्दिक अपिल गर्दछ । महजोडी सहितको कार्यक्रममा उत्साहजनक सहभागिता जुटाउनका लागि सक्रिय भएर लाग्न जनसम्पर्क समितिको कोरियास्थित सातैवटा शाखाहरुलाई जानकारी गराइसकिएको र समितिका सदस्यहरुलाई कार्यक्रमको दिन आयोजककै भुमिका निर्वाह गर्न अनुरोध गर्दछौं ।
नवराज शिवाकोटी
सभापति

0 comments
Write Down Your Responses