ओखलढुंगा सेवा समाज कोरियाको प्रथम भेला सम्पन्न

नमस्ते नेपाल कोरिया संवाददाता 
ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले फेब्रवरी १९ तारिख मानसिंह गुरुइ०को नेतृत्वमा १५ सदसीय पूर्ण कार्यसमिति चयन गर्दै प्रथम भेला सम्पन्न गरेको छ । सुवनमा सम्पन्न भेलालले तदर्थसमितिका अध्यक्ष गुरुइ०लाई नै पुनह नेतृत्व सुम्पेको हो ।

त्यस्तै समितिका उपाध्यक्षमा पचुराम राई, सचिवमा श्रीराम गुरुइ० , सह सचिवमा इन्दु कार्की, कोषाध्यक्षमा मञ्जु गुरुइ० र सह कोषाध्यक्षमा नरेन्द्र कुमार राई चयन भएका छन् । साथै सदस्यहरुमा क्रमशः फणिन्द्र अधिकारी, गोविन्द कार्की, छोइ०नुरी शेर्पा, इश्वर भट्टराई, गोपाल श्रेष्ठ, उत्तम राई, सुमन कार्की, नविन कार्की र लय सिंह राई चयन भएका छन् ।

भेलाले बाबुराम गुरुइ०, खगेन्द्र गुरुइ० र विजय राईलाई संरक्षक  र कमल प्रधान, सरस्वती राई, किम ह्योइ० ह्यो र सन्तोष दाहाललाई सल्लाहकारमा अनुमोदन गरेको छ । साथै भेलाले ओखदढुंगा सेवा समाज दक्षिण कोरियाको विधान २०१५ र संस्थाको लोगो पनि सार्वजनिक गर्दै पारित गरेको छ । नयाँ कार्यसमितिलाई संरक्षक विजय राईले सपथ खुवाएका थिए ।

सामाजिक रुपमान्तरणको लागि हातेमालो अभियान भन्ने नारा सहित गठित यस संस्थाले कोरिया र नेपालको पूर्वि पहाडी भेग ओखलढुंगा जिल्लालाई कार्यक्षेत्र बनाई विभिन्न परोपकारी कार्यहरु गरिने उद्देश्य लिएको छ । कोरियामा आपत विपतमा परेका जिल्लाबासीहरुलाई सहयोग गर्नुका साथै जिल्लाका ऐतिहासिक तथा सस्कृतीक कलाकृती, राष्ट्रिय विभूति र प्रतिभाहरुको संरक्षण सम्वद्धर्न गर्न
 संस्थाको थप उद्देश्य रहेको छ ।

0 comments

Write Down Your Responses

-->