अर्घाखाँची सम्पर्क मञ्चको अधिबेशन सम्पन्न, नयाँ कार्यसमितिको गठन ।

झबिन्द्र बेल्बासे ,सउल
 अर्घाखाँची जिल्लाबाट दक्षिण कोरियाली  भुमिमा विभिन्न कार्यमा आबद्ध महानुभाव हरुको  साझा सामाजिक संस्था अर्घाखाँची  सम्पर्क मञ्च दक्षिण कोरियाले आफ्नो तेस्रो अधिबेशन फेब्रुवरी 18 तारिकका दिन राजधानी  सउल स्थित होटल नमस्तेमा  भब्य औपचारिक   समारोह बीच  सम्पन्न गरेको छ।

 संस्थाका अध्यक्ष खेम राज आचार्यको सभापतित्व,सल्लाहकार पुकार शाहको आतिथ्य मा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष धर्मराज पराजुली ,युबराज पाण्डे, काेषाध्यक्ष गणेश थापा लगायत बल बहादुर मल्ल ,मोहन आचार्य ,बबिता दर्लामी ,धुर्ब आचार्य ,लगायतले आफ्नो मनत्व्य राख्नुभएको  थियो ।

करिब ६० भन्दा धेरै सहभागीभएको  उक्त अधिबेशनले युबराज  पाण्डे रहेको नयाँ कार्य समितिको गठन गरि  सर्बसम्मतले पारित गरेको  छ ।जसमा अध्यक्ष  युब राज पाण्डे ,उपाध्यक्ष बाबुराम आचार्य  र लक्ष्मण  पाण्डे ,सचिव  झबिन्द्र बेल्बासे ,सह -सचिव धनेश आचार्य , कोषाध्यक्ष भरत पान्डे , सह-कोषाध्यक्ष किरण अधिकारी  रहनुभएको  छ ।त्यस्तै सदस्य  हरुमा  दिनामणि पौडेल ,तिलक राम खनाल,जीवन गौतम, मानव घिमिरे,प्रदिप अधिकारी  ,राम पन्थी ,कृष्ण  भुसाल ,परशुराम पौडेल ,केशव  पाण्डे सुरेश दाहाल र बालकृष्ण शाह  रहेका छन।

उक्त कार्यक्रममा खेमराज  आचार्य  अध्यक्ष रहेको कार्यसमितिको  सफल कार्यकालको लागि धन्यवाद ज्ञापन तथा नयाँ  कार्यसमितिलाई  बधाई  तथा  सुभकामना प्रदान  गरिएको  थियो । अबका दिनहरुमा अझै प्रभावकारी ढंगले सेवामुलक कार्य  गर्दैसंस्था लाई  अगाडी  लैजाने चुनौती रहेको  र कोरियाम भएका सबै संस्था हरु सँगै  हातेमालो गर्दै जाने र सबैको सहयोग पाउनेमा आफू ढुक्क   भएको अध्यक्ष पाण्डेले  बताउनु भएको  छ ।  

0 comments

Write Down Your Responses

-->