ख्यातिप्राप्त कलाकार सहित सिरिजङगा सांस्कृतिक सौगात भाग -३ सम्पन्न (फोटो फिचर )

कृष्ण पुरी ,कोरिया 
ख्यातिप्राप्त कलाकार सहित सिरिजङगा सांस्कृतिक सौगात  भाग -३ सम्पन्न (फोटो फिचर )
सलनालको अवसर पारेर गत फेब्रुअरी १८ तारिकमा  सउलस्थित खाङनाम लभ कल्चरल हलमा भब्य रुपमा  आयोजना गरिएको सिरिजङगा सांस्कृतिक सौगात भाग ३, नेपालका बिभिन्न विधाका ख्यातिप्राप्त  कलाकाहरुको माझमा सम्पन्न भएको छ ।

किरात याक्थुङ चुम्लुङको निमन्त्रणमा गायिका आस्था राउत, लोक गायक पशुपति शर्मा, डान्सर रश्मि तमाङ, मिस नेपाल सुविन लिम्बु र हास्यकलाकार विल्सन विक्रम राई आदि  प्रमुख आकर्षण रहेका थिए। निमन्त्रणा गरिएको गायिका श्रेयसी चेमजोङ भने आफ्नो अभिभावाकको भिसा उपलब्धमा कारणबस नमिलेकोमा अनुपस्थित भईन l

कोरियाको स्थानीय कलाकारहरुको बिभिन्न प्रस्तुतिसगै नेपालबाट आउनुभएका कलाकारहरुले दर्शकहरुलाई छोटो समय भएपनि बेजोड प्रस्तुति दिन सफल भएका थिए l

 निर्धारित समय भन्दा अलि ढिला संचालन भएको कारण कलारहरुले भरपुर मनोरंजन दिन नपाएको गुनासो गरेका थिए भने दर्शकहरु पनि छोटो समयमा हतार भएको महसुस गरेका थिए l

औपचारिक रुपमा भिमराज चेम्जोंगको सभापतित्वमा अगाडि बढेको कार्यक्रममा नेपाली राजदुत कमानसिह लामा लगाएत बिभिन्न संघ सस्थाबाट प्रतिनिधित्व रहेको थियो l सपना सुनुवार र सेसे लिम्बु द्वारा दोश्रो चरणको सास्कृतिक कार्यक्रम संचालन गरिएको थियो l

 उक्त कार्यक्रम ताप्लेजुङ जिल्ला अस्पतालका लागि एम्बुलेन्स, आगालागी पिडित सहयोगार्थ तथा लिम्बु भाषाको पाठ्यक्र विकासको लागि आयोजना गरिएको हो ।

0 comments

Write Down Your Responses

-->