बिरामी दल बहादुरलाइ सउल बाट १२ लाख ८५ हजार र जेजिदोबाट ६ लाख वन सहयोग [ नामावली सहित ]
नमस्ते नेपाल कोरिया सम्बाददाता
गत सेप्टेम्बर महिना देखि दक्षिण कोरियाको थेगु स्थित दोङसान हस्पिटलमा अचेत अवस्था मै उपचाररत गुल्मी पुर्तिघाटका बिरामी दल बहादुर थापा मगरलाइ सौल बाट १२ लाख ८५ हजार र जेजिदो बाट ६ लाख वन सहयोग रकम संकलन गरिएको छ।
जेजिदो नेपाली कम्युनिटी सेन्टरको पहलमा जेजिदो र सौलमा नेपाल मगर संघ र गुल्मी सम्पर्क समितिको संयुक्त पहलमा सो रकम संकलन गरिएको नेपाल मगर संघका अध्यक्ष पुरन राना मगरले जानकारी दिनुभएको छ।लामो समय सम्म गिल्ले ब्यारे सिन्ड्रोम नामको रोगबाट ग्रस्त बिरामी दलको उपचार खर्च अत्यधिक महंगो भएकोले यस अघि नै सामाजिक सञ्जाल तथा अनलाइन मिडियाबाट सहयोगको लागि अपिल भए लगत्तै ख्वाङजु नेपाली सामुदायिक केन्द्र र अन्नपूर्ण थेगु समाजले रकम संकलन गरी सहयोग गरिसकेको छ।त्यसै गरी बिभिन्न ब्यक्ति तथा संघ संस्थाले पनि सहयोगको लागि अभियान चलाइरहेको हुनाले एउटा नेपालीको दुखाइमा थोरै भए पनि आर्थिक सहयोग गरी नेपाली हुनुको गौरव र आत्मीयता दर्शाइदिनुहुन नेपाल मगर संघ र गुल्मी सम्पर्क समितिले पुन: हार्दिक अपिल गरेको छ।
सौल तथा जेजिदोमा उठेको सहयोग रकम तथा नामावली तल फोटोमा लेखिएको छ।त्यसै गरी सहयोग गर्न चाहनु हुने महानुभावहरुले निम्न खाता नम्बरमा रकम जम्मा गरी निम्न लिखित नम्बरमा सम्पर्क गर्नुहोला।
AC NO 1002544255424 WOORI BANK RANA
सम्पर्क नम्बरहरु
010-2748-5595 पुरन राना मगर
010-6450-1946 प्रेम ज्ञवाली

सउल बाट १२ लाख ८५ हजार वन नामावली
जेजिदोबाट संकलित ६ लाख वन को नामावली
0 comments
Write Down Your Responses