आज र भोलि सउलमा नेपाली नाइट धमाका हुने

नमस्ते नेपाल कोरिया संवाददाता 
आज र भोलि सउलमा  २ दिन गायिका इन्दिरा जोशीको स्टेज प्रस्तुती सँगै नेपाली धमाका साँझको आयोजना हुने  छ ।

बेलुकी ८ बजेबाट शुरु हुने कार्यक्रममा दर्शकहरुलाई नचाउन गायिका इन्दिरा जोशीसँगै गायक गिरिश खतिवडा, डिजे शिशिर थापा मगर र हट डान्सर परिना राई रहने छन् । यस नेपाली धमाका साँझ लागि नेपाली कलाकारहरु हिजो कोरिया आइपुगेका छन्  l कलाकारहरुलाइ सेभ नेपाल फुटबल फाउन्डेसनका अध्यक्ष टेण्डी शेर्पाले स्वागत गरेका थिए

सालनालको पहिलो दिन आज फेब्रअरी १८ तारिक ट्रेन लाईन नं. ५को दापसिप्नी स्टेसन गेट नं. ४ नजिकै कार्यक्रमको आयोजना गर्न लागेका  छ भने दोश्रो दिन भोलि  उल्जिरो ओगा स्थित न्यु छोन्जी होटलमा कार्यक्रमको आयोजना हुनेछ  ।


२० हजार वन प्रवेश शुल्क राखिएको उक्त धमाकामा बेलुकी ८ बजे देखि विहान ५ बजेसम्म कार्यक्रम चल्नेछ । कार्यक्रमलाई टवकमले प्रायोजन गरेको छ ।  सलनालको लामो विदाको यस कार्यक्रममा कोरिया रहेका नेपालीहरुले नेपाली नाइट धमाकाको भरपुर मनोरोन्जन लिन सक्नेछन् ।

0 comments

Write Down Your Responses

-->