कोरियामा तामांङहरुले भव्यताका साथ ल्होछार मनाए ।

जीबी लामा ,कोरिया 
नेपाल तामांङ संघ दक्षिण कोरियाले आयोजना गरेको २८५१ ल्युक लो ल्होछार भव्यताका साथ सम्पन्न गरेका छन् । “तामांङ जातिको भाषा, कला, संस्कृतिको संरक्षणमा हाम्रो एकता, पहिचान सहितको संघियता आजको आजको आबश्यकता ” भन्ने मूल नाराको साथमा गत फेब्रुअरी १८ मा कोरियाको राजधानी सौलमा सम्पन्न भएको हो  ।

          लामा गुरुहरु बाट पुजापाठ गरी सकेपछि  औपचारिक कार्यक्रममा सन्चालन गरियको थियो । कार्यक्रममा सामुहिक रुपमा तामांग राष्ट्रिय गीत गाएका थिय । कार्यक्रमको अध्यक्षता  संघका अध्यक्ष देव सिं तामांगले गरेका थिए भने कोरियाको लागी नेपाली राजदुत महामहिम कमान सिं लामाको प्रमुख आतिथ्यमा सन्चालन भयको थियो । स्वागत मन्तब्य राख्दै राजदुत लामाले सोनाम ल्होछार र ग्याल्बो ल्होछारमा बिदाद गर्न नहुने बताउदै एकआपस मिलेर रमाइलो गरी ल्होछार मनाउन आग्रह गरे ।
    नेपालबाट आएका अतिथि कलाकारहरु गायकहरु बिशाल काल्तान, सन्जीब वाईबा, र गायिकाहरुमा इन्दिरा योन्जन, रमला पाख्रीन, र जापान बाट आयका गायक कर्मा दोंग ले बिभिन्न सेलो गीत र मेन्दो माया गीत गाएर दर्शक हरुलाई भरपुर मनोरन्जन दिलायक थिय भने स्थानीय कलाकार हरुले सेलो नृत्य र गीत गाएर अतिथि कलाकारहरु लाई साथ दियका थिय ।
    अनौपचारिक कार्यक्रमको शुरुमा मेन्दो मायाका गायिका रमला पाख्रीनले आजभोली खै के के हुन्छ मलाई, जुन राम्रो आकाश हुनाले गीत गायकी थिईन भने मेन्दो माया गीत गाउदा सम्पूर्ण दर्शक हरु नाचेका थिय । गायीका इन्दिरा योन्जनले हामीलाई पनी लैजाउन घुम्न, उभो उभो लाग्यो भेडिको बथान जस्ता गीत गायिन । त्यसैगरी गायक बिशाल काल्तानले मादलै बज्यो डम्फुको धुन , ङा खाबा यार्सी गीत गाय अर्का गायक तथा संगीतकार सन्जीब वाईबाले हिमाल पारी सिमाना गाउँ, माया के हो मायाँ जस्ता गीतमा दर्शकलाई भरपुर मनोरन्जन दियका थिय । येसैगरि अर्का गायक कर्म दोङले सुनकोशी तरेर म आउँदा, म नेपाली जस्ता गीत गायर सम्पुर्ण दर्शक लाई नाचाएका थिय ।
   महामहिम राजदुत लामाले तामाङ संघ कोरियालाई सहयोग र योगदान गरे बापत बिभिन्न व्यक्ति हरुलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरेका थिए । सम्मान पाउने व्यक्ति हरुमा लामा धोन्डुप, टिकाराम तामाङ, रेगन तामाङ, कमल तामाङ, गणेश मोक्तान, उइना सिङ तामाङ, बिर्ख बहादुर तामाङ,इन्दिरा योन्जन,सन्जीब वाईबा, बिशाल काल्तान,रमला पाख्रीन,कर्मा सिं तामाङ,दावा लामा, समिर मोक्तान,वाङ लामा र भिम प्रभु तामाङलाई सम्मान गरियको थियो ।
 उक्त ल्होछार सांस्कृतिक कार्यक्रममा ल्होछार बिशेष परिकाको ब्यबस्था गरियको थियो भने अधिकांस सहभागीहरु  तामाङ पोशाकमा सजियका थिए ।

0 comments

Write Down Your Responses

-->