कोरियामा मृगौलाको खराबीका कारणले एक नेपाली को मृत्यु

 नमस्ते नेपाल कोरिया संवाददाता 
दक्षिण कोरियामा नेपालका  मोरङ केरौन १ स्थायी घर भएका पदम गुरुङको  मृत्यु भएको छ । 

सोमबार राती सुवनस्थित आजु अस्पतालमा मृगौलाको खराबीका कारणले उनको निधन भएको हो । सुवनमा बस्दै आएका ४५ वर्षिय गुरुङ  लामो समयदेखि उच्च रक्तचात लगायत विभिन्न रोगबाट ग्रसित हुदै आएका थिए । विरामीले चापेपछि शुक्रबार बेलुका आजु अस्पतालमै भर्ना गरिएको गुरुङ आइतबार घर फर्केका थिए । सोमबार अचानक सिकिस्त भएपछि आकस्मीक एम्बुलेन्समा राखेर अस्पलात पुराएको थियो । गुरुङ झण्डै डेड दशकदेखि कोरियामा अबैधानिक रुपमा बस्दै आएका थिए ।

0 comments

Write Down Your Responses

-->