एमाले उप-महासचिब घनश्याम भुसाल कोरियामा

नमस्ते नेपाल कोरिया संवाददाता 
नेकपा एमालेका उप महासचिब कमरेड घनश्याम भुसाल सेप्टेम्बर ६ तारिख कोरिया आइपुगेका छन ।

 एमाले भित्र बैचारिक र लोकप्रिय नेताको रुपमा परिचित नेता भुसालले कोरियामा रहदा सेप्टेम्बर 7 तारिख  पार्टिका कार्यकर्ता  सङ्ग भेट्घाट गर्ने र  एबम प्रसिक्षण दिने छन । सेप्टेम्बर ८ तारिखमा बिभिन्न नेपाली समुदाय लगायत रुपन्देही जिल्लाबासीहरु सङग भेटघाट गर्ने र सेप्टेम्बर ९ मा ONF कोरियाद्वारा आयोजित  " समृद्ध नेपाल निर्माणमा हाम्रो भुमिका '' बिषयक अन्तर्कृयात्मक बिचारगोष्ठीमा प्रमुख अतिथिको रुपमा  महत्वपूर्ण सम्बोधन गर्ने कुरा ONF कोरियाका उपाध्यक्ष एबम सङठन बिभाग प्रमुख सुरेन्द्र आचार्यले बताएका छन ।
नेता भुसालले कोरियामा रहदा बिभिन्न ऐतिहासिक महत्वका क्षेत्रमा अबलोकन भ्रमण पनि जानकारिमा आएको छ । ONF सचिबालय सदस्य कपिल न्यौपानेका अनुसार नेता भुसालले समयले कोल्टे फेर्दैछ , राजनितिले नया मोड लिदैछ भन्ने सन्देश सहित देशको बर्तमान बास्तबिकतालाइ प्रस्टयाउने छन र देशको समृद्धिको लागी प्रबासी नेपालीहरुले पनि प्रभाबकारी भुमिका खेल्नु पर्छ भनेर घच्घच्याउने छन ।नेता भुसाल यहि सेप्टेम्बर १० तारिख स्वदेश फर्किने कार्यक्रम रहेको बुझिएको छ ।ONF कोरियाले आफ्नो कार्यकार्यक्रम सफल बनाउन सबैलाइ अनुरोध समेत गरेको छ ।

0 comments

Write Down Your Responses

-->