धर्मको वैदिक मर्म
कमलप्रसाद शास्त्री ,दक्षिण कोरिया
"धृति: क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रह: ।
धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम् ॥ "
"वस्तु स्वभावो धर्म "
"स्वधर्मो निधनम् श्रेय परधर्मो भयावह "
म जब धर्मको विषयमा चिन्तन गर्दछु ,यही सूत्रहरूले निर्देशित गरिरहेका हुन्छन् वास्तविक वैदिक सनातन धर्म पनि यही हो l यस चिन्तनले हरेक क्षेत्रमा व्यवहारिक मान्यता पाए वास्तवमा सत्य युगको जन्म हुन्छ l सम्पूर्ण अन्याय ,अत्याचार ,शोषण ,र दुराचारको अन्त्य भई सुन्दर र सभ्य समाजको निर्माण हुन्छ l धर्म सापेक्ष निरपेक्षतामा निकै बहस चलेको देखिन्छ तर त्यो वास्तवमा धर्म चिन्ता होइन राजनैतिक चिन्ता र लक्ष्य प्राप्ति अझ राजतन्त्रको स्थापना गर्ने भ्रम पालेर दरबारको सम्पतीको अंशप्राप्त गर्ने अभिष्ट पूरा गरिरहेका छन् l यस्ता भ्रममा नपरी वास्तविक धर्मको मर्म के हो बुझ्ने प्रयत्न गरौ l यहाँ मैले आफ्नो वौद्दिकता लाद्ने चेष्टा गरेको छैन शास्त्र जे भन्छ त्यही प्रस्तुत गर्ने जमर्को गरेको छु l
'वस्तु स्वभावो धर्म "अर्थात् जसको जुन स्वभाव हो त्यही धर्म हो l हरेक पदार्थ र जीवका आ-आफ्ना धर्म हुन्छन् सिंह मांसाहारी हो, प्राण रक्षाका निम्ति हिंसा गर्नु उसको धर्म हो l गाई कल्याणकारी पोषणयुक्त आहार दुध प्रदान गर्ने आमा हुन् ,त्यसैले पूजनीय छिन् l बनस्पति रोग नाश गर्ने क्षमता राख्दछ l "गुण सर्वत्र पुज्यते "अर्थात् गुणको सदा पूजा हुन्छ त्यसैले तुलसी,पीपल,अमला,आदि वनस्पति पूजनीय छन् l अति मानवीय मूल्य स्थापनाका निम्ति त्याग गर्ने पुरुष पूज्य हुन्छ यहाँ पुरुषको अर्थ महिला पनि हो l मानव जीवलाई पुरुषका रूपमा बुझिन्छ l प्रजनन सन्दर्भमा मात्र बीज र प्रकृतिको रुप लिए पनि अन्य अवस्थामा दुवै पुरुष हुन् l त्यस्तै ''आहार निद्रा भय मैथुन अर्थात् ,भोजन गर्नुपर्ने ,निद्रा लाग्ने,डराउने र शाहस देखाउने सम्भोग गर्ने क्रिया सबैले गर्छ, जनावरले पनि गर्छ, मानव चेतना ,बुद्दी र विवेकले श्रेष्ठ भएको हो l यही यही चेतना बुद्दी र विवेक अन्य प्राणीमा भन्दा मानिसमा अधिक छ त्यसैले यसको सदुपयोग गर्नु मानव धर्म हो l यही चेतनारूपी गुनले असल र सभ्य समाजको निर्माण हुन्छ l
त्यसैले भनिएको छ "स्वधर्म रहदा निर्धन भए पनि सुख हुन्छ l अन्य जीवको स्वभाव धारण गर्नको परिणाम भयानक हुन्छ l चोरी,डकैति ,अन्याय अत्याचार,शोषण,भ्रष्टाचार,गर्ने जुन प्रवृतिको विकास हुन्छ त्यो उच्च मानवीय आदर्शबाटको ह्रास र पतनबाट सिर्जित हुन्छ तसर्थ त्यस्ता अपराध जन्य चिन्तनले ऊ मानव हुदैन दानव हुन्छ l मानव बन्न मानवीय धर्म चाहिन्छ l त्यसका दश लक्षण बताइएका छन् ,ती हुन् -"धृति: क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रह: ।
धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम् ॥ "
१ धृति -धैर्य धारण गर्नु , रिस, आवेग,र अतिशय उत्साह यसले बुद्दी भ्रष्ट गर्छ l यस्तो अवस्थाको चरम रुप भनेको पागलपन हो यो अत्यन्त घातक हुन्छ l चेतनाको ह्रास र पतन गराउछ ,आज जो सफल देखिएका छन् यस खराब प्रवृतिको अत्यधिक साधनबाट सिद्द भएका छन् जसले गर्दा उद्देय प्राप्तिमा बाधा उत्पन्न भएका छन् l नेताका सट्टा चोर,डाका,फटाहा,भ्रष्टाचारी अगुवा ,आधुनिक समाजका नेता जन्मिएका छन् l २- क्षमा -गल्ती मानवीय स्वभाव हो जबसम्म हामीमा ज्ञान बोध हुदैन तबसम्म हाम्रा कर्म पासविक हुने गर्दछन् र ती हाम्रा कदम गल्तीपूर्ण हुने गर्दछ l ज्ञान पाए पछि उसमा खराब वृत्तिको समाप्ती हुन्छ एक पल्टको अपराधी सधैको अपराधी मान्दा ऊ सच्चिने अवसरबाट बन्चित हुन्छ l त्यसैले क्षमा गर्ने पुरुष श्रेय हुन्छ l ३-दम अर्थात् मनको नियन्त्रण हाम्रा प्रारम्भिक चेतना पासविक हुन्छन् पशुले जस्तै कार्य गर्न उत्साहित हुन्छन् त्यसलाई विवेक र चेतनाले धर्म ,अधर्म ,न्याय अन्याय छुट्टयार प्रयोग गर्नु पर्छ भावनामा बग्नु हुदैन l न्याय नै धर्म हो अन्याय नै पाप हो न्याय अन्याय बुज्नेले पाप धर्म बुझिरहनु आवस्यक छैन l ४-शौच -मल मूत्र ,वीर्य,पसिना,आदि शारीरिक शुद्दीका निम्ति उपयुक्त स्थान र समयमा विसर्जन गर्नु ,शारीरिक मैला हुन् भने चिन्तन र ध्यानले आन्तरिक शुद्दी गर्दछ ,विहान उठी ध्यान गरी आफूले दिनभर गर्ने कार्यको योजना तयार गर्नुपर्दछ l जुन योजना कल्याणकारी होस् l ५-इन्द्रिय निग्रह -इन्द्रियहरूलाई नियन्त्रणमा राख्नु ,अस्वस्थकर भए पनि मीठो खान मन लाग्छ नखानु ,अर्काले राम्रो लाउदा चोरेर लुटेर पनि लाउन मन लाग्ला ,अर्काकी पत्नी राम्री लाग्ली ,कुनै स्त्रीमा आशक्ति जाग्ला त्यसलाई नियन्त्रण गर्नु यसले सभ्य समाज निर्माण हुन्छ l
६-धी बुद्दीको विकास गर्नु ,न्याय अन्याय ,उचित अनुचितको मूल्यांकन गरी उचित र न्यायपूर्ण कार्य मात्र गर्नु ,जसले मानव जातिको व्यक्तित्व ओज र गरिमामा कुनै दाग नलागोस् ,त्यसैले ठुला महापुरुषहरू पनि यही धी बुद्दी गुमाएका बेला कलंकित भएका छन् l ७-विद्या -अर्थात् शास्त्र ज्ञान,ज्ञान,विज्ञान,धर्म [कर्तब्य]न्याय ,विवेक दर्शन शास्त्रले प्रदान गर्दछ अध्ययन गर्नु पर्दछ l ८-सत्य -सत्य अनेक हुन्छन् ,चेतना हीन व्यक्ति अन्धो हुन्छ जस्तै आखाँ नदेख्नेलाई हात्ती कस्तो छ भनेर सोध्दा उसले छाम्छखुट्टा छ्म्दा खम्बा जस्तो ,शरीर छाम्दा भित्ता जस्तो ,कान छ्म्दा नांग्लो जस्तो दारा छाम्दा बन्चरोको बिड जस्तो हुन्छ हात्ती भन्ला तर त्यो सत्य होइन l आज सबैनेता देशको समस्याको सही पहिचान गर्न नसकेर अन्धाले हाती छामेजस्तो गर्दैछन् भयानक दुर्घटनातिर अभिमूख हुदैछ देश , आफूले छामे जस्तो हातीमा घमण्ड गर्न पनि छाड्दैनन् ,वास्तविक सत्य समस्याको पहिचान गर्न सके किन हुदैन समाधान? समाधानबीनाको समस्या हुदैन l मानव निर्मित समस्याको समाधान मानवनिर्मित नै हुन सक्छ, जादुको छडी घुमाउने जादुगर चाहिदैनl ९-बिद्या ,अनुभव,गुरु ज्ञानीको सल्लाह र शास्त्र ज्ञानबाट प्राप्त हुन्छ यसको साधनाबीना वैज्ञानिक निस्कर्ष निस्कन कठीन हुन्छ आजको आधुनिक युगमा बिद्या श्रेयस्कर मानिन्छ l "स्वदेशे पुज्यते नेता विद्वान् सर्वत्र पूज्यते "सधै सुकिला एकजोर लुगा लगाएर सभाको व्यसमा बसे पनि मूर्खको कुनै मूल्य छैन l विद्वान व्यक्ति कोठा नछोडे पनि सबैको हाइ हाइ हुन्छ सूनले म सून हुँ भनेर विज्ञापन गर्नुपर्दैन l सुन्दर फूल कमल हिलोमा फुले पनि दूर दराजबाट जंगलको बीचको तलाउमा पनि हेर्नेका भीड लाग्छन l१०- अक्रोध ,रिस रिसले बुद्दी भ्रस्ट गर्छ रिस खा आफू बुद्दी खा अरु भन्छन् कहिले कही रिसाए जस्तो गर्नुपरे पनि विवेक नगुमाई रिसाउनु पर्छ l अनर्थ हुने गरी रिसाउनु हुदैन l यही धर्मका लक्षण हुन् l
मैले जानेका बुझेका यति हुन् मलाई पुगेको छ l शास्त्रीसम्मको अध्ययनले मैले जानेका र बुझेका मर्म यही हुँन् l बाकी केही असत्य सत्य जे हो विद्वानहरूले मूल्यांकन गरून् म त आज सामान्य मजदुर मैले जे जाने बुझें त्यही लेखे l बाकी १३ दिन क्रिया गर्नु पर्छ? शैया दान चाहिन्छ ,?मन्दिरमा बोका चढाउने कि सुँगुर ?सिदा टपरीमा कि दुनामा ?कति चाहिने ?यी सबै कुराको किटान गर्नुपर्छ l राम ठुला कि शिब ,रावण ठुलो कि कंश ब्रम्हा ठुलो कि बाउ ?यी सबै कुरा युग सापेक्ष मनाउने पर्व हुन् l आफ्ना आफन्त ,मीत्र र शुभचिन्तकलाई भेला गर्ने उत्सवका प्रकार हुन् l विद्वान्हरू यसमा अल्झिएर मूर्खले गलत धर्म प्रचार गर्दै हिडेका छन् l हिन्दू ,क्रिश्चियन र मुस्लिमलाई म धर्म मान्दिन l सापेक्षता र निरपेक्षतामा राजनीति गर्नुको कुनै तुक छैन l विद्वानवर्ग सचेत बनुन् यस्ता बोझिला सस्कारको उपासनाले हिन्दू धर्म हिजोको सति प्रथा जस्तो कलंकित बनेर नबसोस्l छोटो मीठो र सर्व सुलभ बनाई हरेकका निम्ति हरेक स्थानमा पूजन ,जापान,ध्यान,स्मरण,गर्ने योग्य बनोस् अधिक भन्दा अधिकले वैदिक धर्मको मर्म बुझुन l
आत्मा नदी संयम पुण्य तीर्था ,सत्योदाका शील तटा दयोर्मी '
तत्राभिषेकम् कुरू शौच कामा नवारिणा शुद्द्ति अन्तरात्मा
आत्मा नै नदी हो .संयम पुण्य तीर्थ हो ,सत्य नदीको तट हो ,त्यहाँ बसेर शौच र अनेक कामना गर्दछु किनकि कुनै नदीको पानीले अन्तरात्मालाई पखाल्न सदैन l
लेखक [अन्तराष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया , चितवन सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष तथा माइग्रेन्ट ट्रेड युनियन दक्षिण कोरियाका नेपाल संयोजक हुन् ]
0 comments
Write Down Your Responses