कोरियामा २८ सेम्टेम्बरमा नोभेम्बर रेन प्रदर्शन हुने

नमस्ते नेपाल कोरिया सम्वादाता 
बिजया दशमी २०७१ को शुभ अबसर पारेर थकाली सेवा समाज दक्षिण कोरियाले आगामी सेप्टेम्बर २८ तारिख आईतबारको दिन नेपाली कथानक चलचित्र नोभेम्बर रेईन प्रर्दशन गर्ने भएको छ । 

नेपाली कला संस्कृतिको सम्मान र संरक्षणको लागि नेपाली चलचित्रलाई माया गरौ भन्ने मूल नाराको साथ प्रर्दशन गर्न लागिएको नोभेम्बर रेईन बर्षकै सर्बाधिक हिट नेपाली चलचित्र हो । गत केहि महिना देखि छुसकको तेश्रो दिन प्रर्दशन गर्ने गरि प्रचार ...प्रसार गरिएको भएता पनि नागर्जुन गुम्बाको आयोजनामा सम्पन्न हुन गईरहेको फुटबल प्रतियोगिता संग जुध्न पुगेकोले सहमति स्वरुप सेप्टेम्बर २८ तारिख प्रर्दशन गर्ने तयारी गरिएको हो । राजधानी सउलको जोङगाक स्थित झोगेसा गुम्बाको सांगितिक हलमा प्रर्दशन गरिने यस कार्यक्रमलाई सफल पारि सहयोग गरि दिनुहुन कोरियाका कृयाशील संघ संस्थाहरु लगायत सम्पूर्ण प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई थसेस कोरियाको तर्फबाट हार्दिक अनुरोध गरिएको छ ।

0 comments

Write Down Your Responses

-->